हिन्दु धर्ममा पूर्णिमा तिथि धेरै महत्त्वपूर्ण छ। पुष शुक्लपक्ष पूर्णिमालाई धार्मिक पक्षबाट अझ धेरै विशेष मानिन्छ। यसलाई स्वस्थानी पूर्णिमा पनि भनिन्छ। पौराणिक मान्यता अनुसार यस दिन स्नान गरेर व्रत राख्नाले सम्पूर्ण इच्छा पूरा हुन्छ। यसदिनबाट श्री स्वस्थानी कथा व्रत पनि सुरु हुन्छ। यस वर्ष स्वस्थानी पूर्णिमा माघ १५ गते परेको छ।
पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ। महिला या पुरुष जसले पनि समान रुपमा श्रवण गर्न सकिने यस व्रतकथाको हिन्दु धर्ममा ठूलो महत्व रहेको छ। ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट प्रारम्भ हुने यो कथाको स्तुती मन्त्र समापनमा ‘उपनयतु मंगलम’ मन्त्रका साथै समापन हुन्छ। यो एक महिनाभर मानिस चोसो खाएर व्रत लिने गर्छन्। यसो गर्नाले सबै मनोकामना पूरा हुने विश्वास रहिआएको छ।
पूजा विधि
बिहान, ब्रह्मा मुहूर्तमा उठ्नुहोस्। शुद्द पानीले स्नान गरेर घर सफा गरेर भगवानसँग व्रतको संकल्प लिनुहोस्। यदि सम्भव छ भने, यस दिन पवित्र नदी वा पोखरीमा नुहाउनुहोस्। यसपछि सूर्य भगवानको मन्त्र जप् गरेर उनको विधिवत पूजा गर्नुहोस्। त्यसपछि भगवान विष्णु सहित सबै देवताहरूको पूजा गर्नुहोस्।
स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्छ। व्रतालुको घरमा विशेष पूजा अर्चना गर्नुका साथै रातभर जाग्राम बस्ने चलन छ।
पूर्णिमाको नियम
हिन्दु धर्मशास्त्रका अनुसार यो पूरा महिना लसुन, प्याज, मासु र मदिरा इत्यादि खानु हुँदैन। यस दिन शिव जीको पूजा गर्दा मनमा रहेका हरेक मनोकामना पूरा हुने विश्वास छ।