को हुन् नताशा दलाल? जसले ४ पटक रिजेक्ट गरेकी थिइन वरुणको प्रपोज!

अहिले बलिउडमा सबैभन्दा धेरै  चर्चा को पात्र रहेका छन् अभिनेता वरुण धवन। उनको चर्चा हुनुको कारण बिहे हो । वास्तवमा वरुण धवन र नताशा दलालले  बिहे गरिसकेका छन्। वरुण र नताशाको बिहे २४ जनवरीमा भएको हो। यसपछि  वरुण धवनको  फ्यानहरुले  उनको हुनेवाला श्रीमतीको बारेमा जिज्ञासा राखेका छन्।  थाहा पाउनुहोस् को हुन् वरुण धवनकी श्रीमती?

वरुण धवन र नताशा दलालको बिहेको तयारी केहि समय पहिले देखि नै सुरु भएको थियो। उनको बिहे भएपछि अहिले दर्शकको मनमा सवाल रहेको छ कि नताशा दलाल को हुन् ? वरुण धवनसँग उनको भेट कसरी भयो ? वास्तवमा नताशा दलाल एक स्थापित फेशन डिजाइनर हुन्। नताशाको आफ्नै ब्रान्ड लेबल रहेको छ। उनले आफ्नो पढाई न्युयोर्कबाट गरेकी हुन्।  नताशा २०१३ सालमा भारत फर्किएकी थिइन्। वरुण र नताशा बाल्यकालदेखि कै साथी हुन्। यी  दुई थुप्रै  पार्टी र बलिउडको कैयौँ ग्यादरिंगमा संगै जाने गर्थे।

वरुण र नताशाको लव स्टोरी एक म्यूजिक कन्सर्टबाट सुरु भएको थियो। वास्तवमा यी दुइ त्यस समय ११ वा १२ कक्षामा पढ्थे। एक इन्टरभिउमा वरुणले यस बारेमा खुलासा गरेका थिए कि रिलेशनशिपमा बस्नुभन्दा पहिला नताशा वरुणले चार पटक रिजेक्ट  गरिसकेकी थिइन्। पछि उनले वरुणको भावना बुझेर वरुणको प्रपोजललाई स्वीकार गरेकी थिइन्। वरुण र नताशा कैयौं वर्षदेखि एकसाथ  छन् । २०१७ सालमा यी दुईको ब्रेकअप भएको खबर आएको थियो। तर केहि समयपछि यो खबर हल्ला मात्र रहेको साबित भएको थियो। त्यसपछि २०१८ सालमा दुवैको बिहे हुने हल्ला भएको थियो। यधपी यी दुई विवाह बन्धनमा बाधिसकेका छन्।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१४:०४

अजय देवगनलाई तनावै-तनाव, लाग्यो झड्का !