कागती चिया र ग्रीन टीमा कुन चियाले वजन घटाउन सजिलो हुन्छ? जानिराखौ!

चिसो र पानी पर्ने मौषममा चियाको चुस्कीको छुट्टै मज्जा हुन्छ। हरेक घरको दिनको सुरुवात चियाबाट हुन्छ। चिया खान शोखिन भएकाहरुका लागि अहिले धेरै खालको चिया पाउन लागेको छ। ग्रीन टिलाई वजन घटाउने ड्रिंकको रुपमा पिउने गरिन्छ। थुप्रै ठाउँमा मौषम बदलिने बितिक्कै कागती चिया पिउने गरिन्छ। तर  मान्छेको मनमा  यस्तो प्रश्न आउँछ कि कुन चिया पिउनु निकै   फाईदा जनक रहेको छ।

कागती चिया पिउनुको फाईदा:

साइट्रस फ्रूट्स  रहेको  कागतीले इम्युन सिस्टमलाई बलियो बनाउछ। कागतीमा  कम क्यालोरी हुन्छ जसकारण वजन घटाउन मदत्तगार   हुन्छ। यसकारण कागती मधुमेह बिरामीहरूका लागि लाभदायक हुन्छ। जसले इन्सुलिनको मात्रा बढाउछ। कागती चिया पिउँदा हृदय रोगको जोखिम कम हुन्छ।  एन्टि-ब्याक्टेरिया संक्रमण र भाइरस संक्रमणबाट पनि सुरक्षा मिल्छ।

ग्रीन टी पिउनुको फाईदा
केहि वर्षदेखि ग्रीन टि स्वस्थ पेय पदार्थको रुपमा चिनिन्छ। ग्रीन टि पिउनाले भाइरस र संक्रमण हुन दिदैन। यसले मुटु रोग हुने खतरा कम   गर्छ।  विभिन्न अध्ययन र अनुसन्धानमा यो दाबी गरिएको छ कि ग्रीन टी पिउँदा यसले शरीरलाई विभिन्न प्रकारको क्यान्सरबाट जोगाउँछ। ग्रीन   टिले ब्लड थिनरको रूपमा काम गर्दछ र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

कागती चिया राम्रो कि ग्रीन टि ?

दुबै प्रकारको चिया प्राकृतिक जडिबुटी हो। त्यसैले यी दुबै स्वास्थ्यका लागि लाभदायक छन्। कागतीको रससँग एन्टी-ब्याक्टेरिया, एन्टी-भाइरल र एन्टिसेप्टिक गुणहरू हुन्छन्। यसले शरीरलाई विभिन्न प्रकारका संक्रमणहरूको सामना गर्न सक्षम गर्दछ। कैयौँ  मानिसलाई बिहान  खाना खाँदा एसिडिटी र ग्यासको समस्या हुन्छ। त्यसैले ती व्यक्तिहरुलाई कागती चिया पिउँदा समस्या हुन्छ। ग्रीन टिले प्रतिरक्षा प्रणाली वृद्धि गर्न मदत्त गर्छ। यसमा एक यस्तो तत्व हुन्छ जुनमा एन्टि-बयाक्टेरियल, एन्टिअक्सिडन्ट, एन्टी-भाइरल, र एन्थिथ्रिक गुणहरू पाईन्छ। त्यसैले ग्रीन टि पिउनाले शरीरमा राम्रो परिणाम  आउन सक्छ।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१६:५९

गोलभेंडा चाहिने भन्दा धेरै खाँदा हुन्छ पत्थरी र हाडजोर्नीमा समस्या