निर्वाचन आयोगले ओली र प्रचण्ड–नेपाललाई पठायो ११ पानाको अस्वीकार पत्र [पत्र सहित]

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बढेको विवादपछि आफ्ना निर्णयसहित मान्यताका लागि निर्वाचन आयोग पुगेका केपी ओली र प्रचण्ड–माधव नेपाल दुबै पक्षलाई आयोगले अस्वीकार पत्र पठाएको छ। ओली पक्षले विधान संशोधन र केन्द्रीय समिति विस्तार तथा प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको जानकारी आयोगलाई गराएका थिए।

तर आयोगले दुबै पक्षले गरेका निर्णय अस्वीकार गर्दै ११ पेज लामो अस्विकार पत्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै अलग अलग पठाएको हो। आयोगले ‘कुनै विवरण परिवर्तन,संशोधन वा हेरफेर हुनसक्ने देखिएन । राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम ६ बमोजिम सो दलको साविकको विवरण नै कायम रहेको जानकारी नेपाल कम्युनिस्ट पाटी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाइए दिने’ भनेको छ।

 

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१६:४१

कांग्रेसको तीन दिन आन्दोलन गर्ने घोषणा !