कांग्रेसको तीन दिन आन्दोलन गर्ने घोषणा !

नेपाली कांग्रेसले प्रधानमन्त्रीको संसद भंग गर्ने कदम विरुद्ध थप तीन दिन आन्दोलन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम विरुद्ध कांग्रेसले विरोध कार्यक्रम गर्ने घोषणा गरेको हो।

यहि माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम रहेको र माघ ३० गते भने ७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले जानकारी दिए।

केन्द्रीय सदस्य केसीले प्रधनमन्त्रीको संसद विघटन गर्ने कदन र ओलीको नेतृत्वमा सरकारको तीन वर्षको बेथितिलाई समेत प्रदर्शनको मुद्दा बनाउने जनाएका छन्। केसीले भने,”अब संविधानको रक्षा गर्ने जिम्मा नै कांग्रेसको काँधमा छ र यहि नै हाम्रो आन्दोलनको मुख्य उदेश्य रहेको छ।” “संविधानको रक्षाको लागि कांग्रेसले आन्दोलन छाड्न हुँदै हुँदैन,” उनले भने।

प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थप आन्दोलनको निर्णय भएको जानकारी दिए।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१७:२४

आधिकारिक नेकपा हामी हौँ: माधव नेपाल