मदिरा सेवन गर्ने मानिसले कोरोना सम्बन्धि भ्याक्सीन लगाउन हुन्छ कि हुदैन? जानिराखौ!

कोरोना भाइरसको भ्याक्सीनको अभियान सुरु भईसकेको छ। धेरै देशमा भ्याक्सीनको पहिलो चरण सम्पन्न भईसकेको छ । यस्तैमा भ्याक्सीनको बारेमा थुप्रै सवाल रहेको छ। कतै हल्ला फैलिरहेको छ कि केहि मान्छे अधुरो जानकारीमा निष्कर्ष निकालिरहेका छन्। तर सबैभन्दा चर्चामा रहेको प्रश्न भने यदि मदिरा सेवन गर्दा भ्याक्सीनको क्षमतामा असर पर्छ कि पर्दैन रहेको छ।

लन्डनको विज्ञका  अनुसार कोरोना भाइरसको भ्याक्सिन लिनुभन्दा केहि दिन पहिला र केहि दिन पछिसम्म मदिरा सेवन गर्नु हुदैन। भ्याक्सीनको राम्रो परिणामको लागि इम्यून सिस्टम राम्रो हुनुपर्छ ।

यदि भ्याक्सीनको प्रयोग गर्नुभन्दा पहिला मदिरा सेवन गर्यो  भने त्यसको प्रभाव पर्न सक्छ। रुसी स्वास्थ्य विज्ञले भने चेतावनी दिएका छन् कि भ्याक्सीन लगाउनुभन्दा २ महिना पहिला मदिरा सेवन गर्न छोड्नुपर्छ। विज्ञका  अनुसार धेरै मदिरा पर्योग गर्ने व्यक्तिको रोग प्रतिरोधी क्षमता कम हुने र भ्याक्सीनको प्रभाव साबित गर्न मुश्किल हुने बताएका छन्।

प्रकाशित : बुधबार, माघ १४, २०७७०८:४७

डेलिभरीपछि खुवाउनै पर्ने यो सुत्केरी मसला घरमै बनाउनुहोस् ! [तरिका सहित]