एजेन्सी – अतिरिक्त ब्यागेज शुल्क कुनै पनि यात्रीका लागि नराम्रो अनुभव हुन सक्छ। विमानमा यात्रा गर्दा तोकिए भन्दा बढी वजनको ब्यागेज भएर अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था आउँदा मानिसहरु अनेक जुक्ति लगाउने कोशिस गर्छन्।
अतिरिक्त ब्यागेज शुल्कबाट बच्नकै लागि चीनका केहि यात्रुले गरेको हर्कत मिडिया र सामाजिक संजालमा भाइरल भइरहेको छ। चीनको एक शहरबाट अर्को शहरमा जाँदै गर्दै ब्यागेज तोकिए भन्दा बढी वजनको भएपछि चार यात्रुले ब्यागेजको वजन घटाउन अचम्म लाग्दो जुक्ति लगाएका हुन्।
के गरे ?
चीनको युन्नान प्रान्तबाट ४ यात्रु ब्यापारिक घुमघाममा जाँदै थिए। यात्रामा निस्कनु भन्दा अगाडी ४ मध्ये १ यात्रुले ३० किलो सुन्तला ५० युआनमा किनेका थिए। उक्त सुन्तला उनले विमानमै लैजाने सोच बनाएका थिए।
तर जब उनी विमानस्थल पुगे, तब उनको ब्यागेज तोकिए भन्दा बढी वजनको रहेका पाइयो। उनलाई त्यहाँ अतिरिक्त शुल्क तिर्न भनियो। अतिरिक्त ब्यागेज शुल्क प्रति केजी १० युआन थियो। ३० केहि सुन्तलाको लगभग ३०० अतिरिक्त शुल्क नै पर्ने भयो। किनेको भन्दा बढी सुन्तलाको शुल्क लाग्ने भएपछि ४ जनाले सुन्तला पूरै खाने निर्णय गरे। उनीहरुले सुन्तला ३० मिनेटको अन्तरलमै बुत्याए।
“हामी त्यहाँ बस्यौं र सबै खायौं। सबै सुन्तला बुत्याउन हामीलाई २० देखि ३० मिनेट मात्रै लाग्यो”,सुन्तला खाने मध्येका एकले भने,”त्यो सुन्तला बुत्याएपछि कहिल्यै सुन्तला खानु नपरेहुन्थ्यो जस्तै भएको छ।”