हिजो महँगिएको सुन आज सस्तियो, हप्ता दिन यताकै सस्तो !

काठमाडौँ – मंगलबार बढेको सुनको मूल्य बुधबार घटेको छ। मंगलबार तोलामा ४ सय रुपैंयाले बढेको सुनको मूल्य बुधबार एकैपटक ७ सय रुपैंयाले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७ सय रुपैंयाले घटेसँगै छापावाला सुनको मूल्य ९२ हजार १ सय कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९२ हजार ६ सय, सोमबार ९२ हजार ४ सय र मंगलबार ९२ हजार ८ सय रहेको थियो।

यस्तै बुधबार तेजाबी सुनको मूल्य पनि ७ सयले नै घटेको छ। जससँगै तेजाबी सुनको मूल्य बुधबार ९१ हजार ६ सय कायम भएको छ। यस अगाडी तेजाबी सुनको मूल्य आइतबार ९२ हजार १ सय, सोमबार ९१ हजार ९ सय र मंगलबार ९२ हजार ३ सय रहेको थियो।

बुधबार कायम भएको सुनको मूल्य एक हप्ता यताकै सस्तो रहेको छ। यस अगाडी सुन माघ ६ गते ९२ हजार मा कारोबार भएको थियो। त्यसयता सुनको मूल्यमा उतारचढाव भएपछि आजको जति सस्तो भएको थिएन।

चाँदी

बुधबार चाँदीको मूल्य पनि केहि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैंयाले घटेर १ हजार २ सय ५० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, माघ १४, २०७७११:१५

बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!