गत हप्ता आफ्नो करियरको ७६० औं गोल गरेसँगै पोर्चुगिज दिग्गज क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले चेक गणतन्त्रका जोसेफ बिकानको ७५९ गोलोको रेकर्ड तोडेको धेरैले विश्वास गरेका छन्।

तर रोनाल्डोले बिकानको रेकर्ड तोडेसँगै चेक एफएले यस माथि विपत्ति जनाउँदै बिकानले आफ्नो करियरमा ८२१ गोल गरेको दाबी गर्यो। रोनाल्डो बिकान भन्दा उत्कृष्ट गोलकर्ता हुन् कि हैनन् भन्ने विवादलाई पछाडी राख्दै आज चर्चा गरौँ: के रोनाल्डो आफ्ना चिर-प्रतिद्वन्दी लियोनल मेस्सी भन्दा उत्कृष्ट गोल स्कोरर हुन् ?

रोनाल्डोले आफ्नो करियरमा ७६० गोल गरेका छन् भने मेस्सीले ७१९ गोल। त्यसैले, गोलको सङ्ख्या हेर्ने हो भने यो भन्न निकै सजिलो छ कि रोनाल्डो मेस्सी भन्दा उत्कृष्ट गोलकर्ता हुन्। तर यसले पूरा कहानी बताउँदैन। वास्तवमा ट्वीटरमा एक बार्सिलोना फ्यानले सबै तथ्यांकलाई मध्यनजर गर्दै रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट गोलकर्ता रहेको प्रमाणित गर्न कोसिस गरेका छन्। के साँच्चै नै रोनाल्डो मेस्सी भन्दा उत्कृष्ट स्कोरर हुन् भने कुरा भ्रम हो त ?

तथ्यांकले यस्तो भन्छ:
एक सिजनमा सबैभन्दा धेरै गोल

एक क्यालेण्डर वर्षमा धेरै गोल

युरोपियन गोल्डेन बुट

रोनाल्डो लालिगामा रहँदाको अवधिमा गरेको गोल

करियर गोल अनुपात

पेनाल्टी बक्स बाहिरबाट गरेको गोल

ह्याट्रिक

ओपन-प्लेबाट गरेको गोल

नन-पेनाल्टी गोल


छिटो १०० च्याम्पियन्स लिग गोल

टप क्लब विरुद्ध गोल

फाइनलमा गोल

लागातार खेलमा गोल

यी सबै तथ्यांक हेर्दा के मेस्सी रोनाल्डो भन्दा उत्कृष्ट गोलकर्ता भन्न मिल्ला त ?
