सुन पसल चोर्न मास्टर प्लान: जुस पसल खोलेर यस्तो सम्म गरे कि प्रहरी समेत चकित !

एजेन्सी – फिल्मी शैलीमा सुन पसलमा चोरी गरेर फरार भएका दुई जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहुल अब्दुल मजिद शेख र उनका एक साथी साहेब अकबर शेख रहेका छन्।

पक्राउ पर्नेहरु झारखण्डका रहेको बताइएको छ। उनीहरुले भारतको नवी मुम्बइको ठाणेमा रहेको एक पसलमा चोरी गरेको मुम्बई प्रहरीले जनाएको छ।

जुस पसल खोलेर निगरानी

ठाणेमा रहेको एक गहना पसलको छेउको खाली सटर राहुलले भाडा लिएका थिए। त्यहाँ राहुलले ‘अब्दुल फ्रुट्स’ नामको जुस पसल खोलेका थिए। त्यहिँ रहेर उनीहरुले सँगै रहेको सुनको पसलमा निगरानी गर्ने गरेका थिए।

उनीहरुले पसल कुन-कुन दिन खुल्छ, कुन-कुन दिन खुल्दैन र कति बजे देखि कति बजे सम्म खुल्छ भन्ने बारे राम्रो निगरानी गरेका थिए। त्यति मात्र नभई उनीहरुले सोहि जुस पसलमा रहेर सुन पसलका बारेमा सम्पूर्ण जानकारी बटुलेका थिए।

कसरी चोरे ?

जुस पसल खोलेको केहि समयमै उनीहरुले सुन पसल चोर्न आवश्यक जानकारी बटुलिसकेका थिए। साथै उनीहरुले भित्तामा सुरुङ बनाउन आवश्यक सबै सामान जम्मा पनि गरिसकेका थिए। पसल बन्द भएको अवस्थामा एक रात उनीहरुले चुपचाप दुई पसलको बीचको भित्तामा ड्रिल मेसिनले प्वाल पारे। सोहि सुरुङबाट उनीहरु सुन पसलमा प्रवेश गरे र त्यहाँ भएका सुन लिएर फरार भए।

चोरी गरिएको सामानको मूल्य १ करोड ३७ लाख भारु पर्ने प्रहरीले जनाएको छ। सुन पसलमा चोरी चार जना मिलेर गरेको बताइएपनि प्रहरीले अहिले सम्म दुई जनालाई मात्रै पक्राउ गरेको छ।

प्रकाशित : बुधबार, माघ १४, २०७७१२:३४

को हुन् त क्रिसी टाइगेन जसलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले फलो गरिरहेका छन् ?