सामाजिक सञ्जाल प्लेटफर्म आजको युगमा मनोरन्जनको सस्तो माध्यम भएको छ, तर मनोरन्जनको साथसाथै मानिसहरू सामाजिक सञ्जालमा हास्यास्पद भिडियोहरू पनि साझा गर्न थालेका छन्। केहि भिडियो यस्ता हुन्छन् कि जसले तपाईंलाई सोच्न बाध्य तुलाउछन् भने केहिले पेट मिची-मिची हास्न बाध्य तुल्याउछन्। अएदिन सामाजिक सञ्जालमा कुनै न कुनै भिडियो भाइरल भइरहेका हुन्छन्। अहिले एउटा भिडियो खुब भाइरल भइरहेको छ जसमा एक बच्चा आफ्नी आमालाई आफ्नो बिहे गर्दिने बारे कुरा गरिरहेका छन्।
पूर्व नौसेना अधिकारी हरिंदर सिंह सिक्काले आफ्नो ट्विटर अकाउन्टमा एक भिडियो साझा गरेका छन्। यस पोस्टमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै लेखेका छन्, “”जवान पाण्डे जी छ वर्षको उमेरका छन। उनी चतुर, सुन्दर, गुड लुकिंग, बुद्धिमान छन् र निश्चित रूपमा पप्पू होइनन्।” स्मार्ट फोन उसको खेलौना हो। ऊ उपयुक्त जोडी खोज्दैछ।
Young Pandey ji is Six Years.
He’s smart,handsome,good looking,intelligent & surely not a #Pappu
Smart phones are his toys.His arguments are based on logics. He’s looking for suitable match.@narendramodi Change in marriageable age demand could soon be knocking your door? pic.twitter.com/aArfXgDQFY— Harinder S Sikka (@sikka_harinder) January 23, 2021
वास्तवमा, यो छ-वर्षको बच्चाले आफ्नी आमालाई बिहे गर्न आग्रह गरिरहेको छ, जसको कारण उसलाई जीवनसाथी मिल्नेछ र उसकी आमाको काममा सहयोग पुग्नेछ। साथै ऊ आफ्नी पत्नीसँग खेलहरू पनि खेल्नेछ। भिडियोमा देख्न सकिन्छ कि उक्त बच्चाले आफ्नो परिवारमा तीन जना भएको कारण रमाइलो नभएको बताउँछ। उसको बिहे गरेपछि चार जना हुन्छन् र लुका-छिपी खेल्न पनि मज्जा आउने कुरा पनि उक्त बच्चा बताउँछ। उसको बच्चा जन्माउने पनि सोच रहेको बताउँछ। उसको सबै कुरा उनकी आमाले आफ्नो फोनमा रेकर्ड गर्छिन् र सामाजिक सञ्जालमा साझा गर्दिन्।