अर्जुन-मलाइका फेरी भए नराम्रोसँग ट्रोल, फ्यान्सले भने ‘यो जोडीलाई चप्पलले हान्नु पर्छ’

अर्जुन कपूर र मलाइका अरोरा फेरी एकपटक नराम्रोसँग ट्रोल भएका छन्। अर्जुन कपूर र मलाइका अरोड़ाले आफ्नो सम्बन्ध सार्वजनिक गर्न लामो समय भइसकेको छ, तर अहिलेसम्म मानिसहरूले यो सम्बन्ध पचाउन सकेका छैनन्। यसको प्रमाण सामाजिक सञ्जालमा यी दुई जोडीको तस्वीरमा फ्यान्सले गरेको कमेन्टबाट देख्न सकिन्छ। यस्तै घटना एक पटक फेरी देखिएको छ।

अर्जुन-मलाइकाको एउटा तस्वीर पपराजीले आफ्नो इन्स्टाग्राममा साझा गरेका छन्। यस तस्वीरमा अर्जुन र मलाइका दुबै कार चढ्न लागेको देख्न सकिन्छ। देख्दा निकै साधारण देखिने उक्त तस्वीरमा थुप्रै मानिसले नकारात्मक कमेन्ट गरिरहेका छन्।

यी मध्ये केहि मानिसले दम्पतीलाई ‘चप्पलले हान्नुपर्ने’ भनेर लेखेका छन् भने कोहीले ‘घर तोडुवा’, ‘बुढीको साथमा अर्जुन पनि बुढो भयो’ भनेर लेखेका छन् त कसैले ‘आमा छोराको जोडी’ जस्ता टिप्पणी गरेका छन्।

मलाइका पहिले सलमान खानका भाई अरबाज खानसँग विवाह वन्धनमा थिइन्। तर यी दुईको सम्बन्ध टिक्न सकेन र सम्बन्ध विच्छेद भयो। त्यसपछि, अर्जुन र मलाइका एक-अर्काको प्रेममा छन्।

प्रकाशित : बुधबार, माघ १४, २०७७१७:५४

श्रद्धा कपूरको विवाहको हल्लाले बजार तातियो ! के हो वास्तविकता ?