आज माघ १५ गते बिहिबार , कस्तो रहला तपाईको दिन? हेर्नुहोस भोलिको राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईमा भावुकता रहनेछ । जसकारण कसैको व्यवहारले तपाईको भावनामा ठेस पुग्नेछ ।  आमाको स्वास्थ्यको कारण समस्यामा रहनुहुनेछ ।  तपाईको स्वाभिमानमा ठेस पुग्नेछ । भोजन र निन्द्रामा अनियमितता रहनेछ।  स्त्री र पानीबाट सकेसम्म दुरी राख्नुहोला ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चिन्ता काम हुनाले निकै राहत मिल्नेछ । भावुक र संवेदनशील रहनुहुनेछ । साहित्य लेखन तथा कलाक्षेत्रमा योगदान गर्नुहुनेछ । परिवारको सदस्य विशेष रुपले आमासँग आत्मीयता बढ्नेछ । छोटो यात्रा वा घुमफिर हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

निर्धारित कार्य पूरा हुनेछ । आर्थिक योजना कैयौँ समस्या कम हुनेछ । पेसा व्यवसायमा तपाईको सहयोगीको सहयोग मिल्नेछ । मित्र तथा प्रियजनसँग भेट हुनेछ । परिवारमा शान्ति र आनन्द माहोल रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

साथी, परिवार र परिवारका साथ तपाईंको दिन राम्रो रहनेछ । बाहिर घुम्ने कार्यक्रम बन्नेछ तथा स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ  ।शुभ समाचार मिल्नेछ तथा आर्थिक लाभ पनि मिल्नेछ। श्रीमतीसँग राम्रो समय रहनेछ । शारीरिक र मानसिक दुवै तरिकाले आनन्द अनुभव गर्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कोर्टको मामलाबाट टाढा रहनुहोला। मनमा बेचैनी रहनेछ तथा विभिन्न चिन्ताले सताउनेछ । शारीरिक स्वास्थ्य खराब हुन सक्छ । आफ्नो बोलि र व्यवहारमा ध्यान राख्नुहोला। तपाई निकै भावुक रहनुहुनेछ । खर्चको मात्रा अधिक रहनेछ । स्त्री वर्गबाट बचेर रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विविध क्षेत्रमा प्रसिद्दी र लाभ दिलाउनेछ । वृद्द तथासँग आनन्द मिल्नेछ। श्रीमती र बच्चासँग राम्रो समय बिताउनुहुनेछ। दाम्पत्यजीवनमा आनन्द प्राप्त गर्नुहुनेछ । सन्तानको समाचार मिल्नेछ । तपाईको प्रिय व्यक्तिसँग भेट हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कार्यस्थलमा उत्तम वातावरण रहनाले निकै प्रसन्नता रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पेसा गर्नेको पदोन्नतिको योग रहेको छ । कार्यालयमा उच्च पदाधिकारीले तपाईको कार्यमा चर्चा गर्नेछन्। परिवारमा हर्षोल्लासको माहोल रहेको छ । आमाको तर्फबाट लाभ मिल्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक र मानसिक रुपले थकान र आलस्य अनुभव गर्नुहुनेछ । यसको प्रभाव व्यावसायिक क्षेत्रमा देख्नुहुनेछ । उच्च पदाधिकारीको व्यवहार तपाई प्रति नकारात्मक रहनेछ। सन्तानसँग मतभेद हुन सक्छ । कुनै पनि महत्त्वपूर्ण निर्णयलाई स्थगित राख्नुहुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नया काम आरम्भ गर्न तथा आफ्नो स्वास्थ्य प्रति सावधान रहनुहुनेछ । कफ तथा पेट सम्बन्धी बिरामीले समस्यामा पर्नुहुनेछ । शल्यक्रिया जस्ता मामलाबाट टाढा रहनुहोला। तपाई निकै व्यग्र र चिन्तित रहनुहुनेछ। पानीबाट टाढा रहनुहोला । खर्च वृद्धि हुनेछ । बोलि र व्यवहारमा ध्यान राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दैनिक कार्यको साथसाथै तपाईको आफ्नो समय मनोरंजन तथा घुमफिरमा बिताउनुहुनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ तथा साथीसँग घुम्न जानुहुनेछ। विपरीत लिंगीय मित्रसँग समय राम्रो रहनेछ । धन लाभको योग रहेको छ। तपाईको व्यापारमा वृद्धि हुनेछ । सार्वजनिक जीवनमा मान- सम्मान बढ्नेछ । कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्यमा सफलता पाउनको लागि दिन उत्तम रहेको छ । तपाईले गरेको काममा प्रसिद्दी र लाभ मिल्नेछ । परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ । तन-मनबाट ताजगी र स्फूर्तिको अनुभव गर्नुहुनेछ। पेसा धन्दाको ठाउँमा सहयोगीको सहयोग मिल्नेछ। खर्च बढ्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

दिन साहित्य सिर्जन्को लागि उत्तम रहेको छ। विधार्थीले राम्रो प्रदर्शन गर्नेछ र तपाईको स्वभावमा भावुकता र कामुकता अधिक रहनेछ। मनमा डर रहनेछ। मानसिक सन्तुलन बनाई राख्नुहोला।

प्रकाशित : बुधबार, माघ १४, २०७७१९:४९

भोलि माघ १६ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस भोलिको राशिफल!