लौकाका यस्ता चमत्कारिक फाइदा, मधुमेह देखि मुटु रोग जस्ता गम्भीर समस्याबाट मिल्नेछ राहत !

हामी त्यस्ता धेरै तरकारीहरू खान्छौं जसले हाम्रो शरीरलाई धेरै फाइदाहरू पुर्याउँछ। तर जब कुरा लौकाको आउँछ, प्राय: मानिसलाई यो तरकारी खान मन पर्दैन। यसको कारण लौकाको स्वाद। धेरै जसो मानिसलाई लौकाको तरकारी वा जुस फिटिक्कै मन पर्दैन।

 

तर के यो सहि हो? लौकाको सेवनबाट थुप्रै ग-म्भीर बिमारीबाट जोगिन सकिन्छ। जान्नुहोस् लौका खानुको फाइदाका बारेमा…..

चमकदार अनुहार 

हामी हाम्रो अनुहारमा प्राकृतिक चमक प्राप्त गर्न कति चीजको प्रयोग गर्छौं। धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गर्छौं, तर यसको कुनै ग्यारेन्टी छैन कि यसको प्रयोगबाट प्राकृतिक चमक पाउन सकिन्छ। तर के तपाईंलाई थाहा छ की लौकामा प्राकृतिक पानी पाइन्छ। तसर्थ, यसको नियमित सेवनले तपाईंको अनुहारलाई एक प्राकृतिक चमक दिन्छ। लौकाका साना-साना टुक्राको सहायताले आफ्नो अनुहारको मसाज गर्न सक्नुहुन्छ वा यसको जुस पनि पिउन सक्नुहुन्छ।

मधुमेह 

हामी सबै कोलेस्ट्रोलको बारेमा चिन्तित रहन्छौं। तसर्थ, लौकाको सेवन गर्नाले यसले शरीरबाट हानिकारक कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। यो मात्र होइन, लौकाको सेवनले हृदय सम्बन्धित रोगहरूको जोखिम पनि कम हुन्छ। लौकाको सेवन मधुमेह बिरामीहरूका लागि पनि धेरै लाभदायक हुन सक्छ। मधुमेह बिरामीहरूले हरेक बिहान खाली पेटमा लौकाको जुस पिउनु अत्यन्त लाभदायक मानिन्छ।

वजन नियन्त्रण 

मानिस आफ्नो वजन कम गर्नको लागि अनेक उपाय गर्छन्। विभिन्न प्रकारका व्यायाम गर्छन्, आफ्नो आहार परिवर्तन गर्छन्। तर यो कुरा धेरै कम मानिसहरूलाई थाहा नहुन सक्छ कि लौकाको सेवनले वजन कम गर्न सक्छ। लौका अन्य चीजहरूको तुलनामा द्रुत रूपमा वजन घटाउनका लागि परिचित छ।

पाचन प्रणाली 

हाम्रो पाचन प्रणालीलाई दुरुस्त राख्नको लागि लौकाको सेवन अत्यन्त फाइदाजनक हुन्छ। लौका पाचन सम्बन्धि समस्याहरू हटाउन पनि धेरै लाभकारी हुन्छ। यसको लागि, तपाईं लौकाको जुस पिउन सक्नुहुन्छ। यसको अलावा लौकामा थुप्रै पोषक तत्व भरपूर हुन्छ। यसमा प्रोटीन, भिटामिन र धेरै नुनहरू पाइन्छन्।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१७:२३

जाडो महिनामा स्वस्थ र उर्जावान रहन अवश्य खानुहोस् यी ५ चीज, थाहा पाइराख्नुस् !