मेस्सीले फ्रेन्च भाषा सिकिरहेका छन्, के उनी पीएसजी जाने पक्का हो ?

बार्सिलोनामा क्लबका कप्तान लियोनल मेस्सीको भविष्यको बारेमा चर्चा चलिरहँदा एक रिपोर्टले मेस्सी र उनका परिवारले फ्रेन्च भाषा सिकिरेहेको दाबी गरेको छ।

 

फ्रेन्च पत्रकार जियोफ्रो गार्टियरले मुन्डो डिपोर्टिभो मार्फत मेस्सी र उनका परिवारले फ्रेन्च भाषा सिकिरहेको बताएका हुन्। आफ्नो पूरा जीवन अर्जेन्टिना र स्पेनमा बिताएका मेस्सी र उनका परिवार केवल स्पेनिश भाषामा पुक्त छन्।

रिपोर्टमा भनिएको छ,“मेस्सी र उसको परिवार, उनकी पत्नी र बच्चाहरूलाई फ्रान्सेली भाषा सिकाइदै छ। मेस्सी म्यानचेस्टर सिटी जाने भए किन फ्रेन्च भाषा सिकिरहेका छन् ? यसले कुनै अर्थ राख्दैन। यो जानकारी, जसमा म धेरै विश्वस्त छु, एक धेरै भरपर्दो स्रोतबाट प्राप्त खबर हो। ”

गत सिजनको अन्त्यमा बार्सिलोना छाड्ने असफल प्रयास गरेका ३३ वर्षीय अर्जेन्टिनी कप्तान बार्सिलोनासँगको सम्झौताको अन्तिम ६ महिनामा पुगेका छन् जुन ३० जुन २०२१ मा समाप्त हुनेछ। यस्तोमा मेस्सीले बार्सिलोनाका साथ नयाँ सम्झौतामा हस्तक्षर गर्छन् कि क्लब छाड्ने फैसला गर्छन् भन्ने कुरा अझैं अनिश्चित रहेको छ।

प्रकाशित : बिहिबार, माघ १५, २०७७११:४६

को-को परे त आइ.एफ.एफ.एच.एसको ‘टिम ओफ द डिकेड’ मा ? हेर्नुहोस् !