उत्तर कोरियाको छुट्टै कोरोना भ्याक्सिन, जानकारी चोर्न ह्याकरलाई निर्देशन !

एजेन्सी – उत्तर कोरियाले आफैं कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउने भएको छ। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उत्तर कोरियाले कोरोना भाइरस विरुद्धको खोप बनाउन लागेको हो।

विदेशी वैज्ञानिकहरुबाट ह्याक गरिएको डाटा प्रयोग गरेर उत्तर कोरियाले कोरोना भाइरस विरुद्धको खोप निर्माण गर्न लागेको गोप्य श्रोतलाई हवाला दिँदै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

उत्तर कोरियालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्ने तथा उत्तर बारे गोप्य खुलासाहरु गर्ने डेली एनकेका अनुसार कोरोना विरुद्धको खोप निर्माणका लागि उत्तर कोरियाले आफ्नो ह्याकिङ संस्थासँग समन्वय गरिरहेको छ।

उत्तर कोरियाको प्राविधिक एकाईले संसारका विभिन्न वैज्ञानिकहरुबाट जम्मा पारेको डाटाबाट कोरोना भाइरस विरुद्धको खोप निर्माण गर्न सकिने तर्फ उत्तर कोरिया अगाडी बढिरहेको डेली एनकेले आफ्नो एक रिपोर्टमा दावी गरेको छ।

उत्तर कोरियाको सत्तारुढ पार्टीले खोप निर्माणकै लागि कोरोना भाइरस विरुद्धको खोप तयार पार्न आवश्यक डाटा जम्मा गर्नकै लागि विशेष टोलि गठन गरेको दावी पनि गरिएको छ।

उत्तर कोरियाले अमेरिका र युरोपले कोरोना भाइरस विरुद्धको खोप तयार पारेर प्रयोगमा ल्याउनु भन्दा अगाडी देखि नै उक्त कार्य शुरु भएको अन्य संचार माध्यमहरुले पनि दावी गरेका छन्। विश्वका तयार भएका विभिन्न भ्याक्सिन बारे सन् २०२० मै उत्तर कोरियाले जानकारी हाँसिल गरिसकेको मेलअनलाइनको दावी छ।

कोरोना भाइरस विरुद्धको खोप निर्माण गर्दै गरिएको बताइएपनि उत्तर कोरिएले आफ्नो मुलुकमा अहिले सम्म कुनै पनि कोरोना संक्रमित फेला नपरेको दावी गर्दै आएको छ। तर चीनसँग राम्रो सम्बन्ध रहेको उत्तरमा पहिला देखि नै कोरोनाको संक्रमण फैलिएको अनुमान लगाउने गरिन्छ।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१२:०५

आफ्नै छोरी माथि यस्तो – पहिला आँखा फो-डिन् र जिब्रो का-टिन् !