पूर्व रियल म्याड्रिड खेलाडी, कोच र महाप्रबन्धक जोर्गे भाल्डानोका अनुसार अहिलेको समयमा रियल म्याड्रिडलाई किलियन एम्बाप्पे भन्दा पनि एर्लिंग हालाण्डको अआवश्यकता बढी रहेको बताएका छन्। उनले क्लबलाई एम्बाप्पे भन्दा हालाण्डलाई अनुबन्ध गर्नको लागि आग्रह गरेका छन्।
रियल म्याड्रिडले गत सिजनबाट नै एम्बाप्पेलाई क्लबमा भित्र्याउने तयारीमा लागेको र एम्बप्पेलाई आफ्नो प्रमुख लक्ष्य बनाएको भएता पनि भाल्डानोलाई भने क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले एम्बापेको साट्टो हालाण्डलाई क्लबमा ल्याउन प्राथमिकता दिनु पर्ने बताएका छन्।
“म एम्बाप्पे भन्दा अघि हालाण्ड प्राथमिकता दिन्थे,” ६५ वर्षीय भाल्डानोले ओन्डा सिरोलाई भने, “साना-साना स्पेसमा पनि उसको मुभमेन्ट अत्यन्त उत्कृष्ट छ। उसले नियमितताका साथ गोल पनि गरिरहेको छ।”
“म बुझ्छु कि एमबाप्पे एक स्टार हो, तर म हालाण्डबाट धेरै प्रभावित छु। उसले सबै प्रकारका गोल गर्छ।”