के तपाईंको पनि औंला पड्काउने बानी छ ? सावधान, हुनसक्छ यस्ता गम्भीर समस्या !

धेरै व्यक्तिहरूमा औंला पड्काउने बानी हुन्छ। यस्ता मानिस खाली समय पायो कि आफ्ना औंला पड्काउन सुरु गरिहाल्छन्। यद्यपि धेरै व्यक्तिलाई यसको बानी पनि पर्छ। एउटा अनुसन्धानका अनुसार विश्वका ९८ प्रतिशत मानिसहरूमा यो बानी हुन्छ। मानिसहरूले यसबाट राहत त पाउँछन्, तर यसो गर्नाले स्वास्थ्यमा नकारात्मक असर पनि पार्न सक्छ।

कमजोर हड्डी 

केही डाक्टरका अनुसार हामीले बारम्बार औंला पड्काउँदा राहत त अवश्य पाउँछौं तर यसको कारण हड्डीहरू कमजोर हुन थाल्छ। यसको कारण यो हो कि हड्डीहरु लिगा मेन्टको मद्दतले जोडिएको हुन्छ र जब हामीले औंला पड्काउँछौं तब यतो कमजोर हुन थाल्छ।

औंला सुन्निनु 

एक अनुसन्धानका अनुसार बारम्बार आफ्नो औंलाहरू पड्काउने बानी परेका व्यक्तिको औंला सुन्निन पनि सक्छ। त्यसैले, तपाईंको पनि यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस्।

जोडमा समस्या 

यद्यपि त्यस्ता केसहरू धेरै विरलै देखा परेका छन् तर पक्कै पनि यस्तो देखीएको छ कि यदि तपाईंले धेरै औंला पड्काउनु भयो भने यसले जोर्नीहरूलाई सार्न पनि सक्छ, जसले तपाईंको समस्या बढाउन सक्छ।

मुठ्ठी कमजोर

धेरै औंला पड्काउने बानी परेका मानिसको मुठ्ठी समयसँगै कमजोर हुँदै जान्छ। यसका साथै यस्ता मानिसको हात पनि कमजोर हुन थाल्छ।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१७:१५

मधुमेहका बिरामीले खानै पर्ने यी चीज !