दैनिक गर्नुहोस् यी ३ सामान्य व्यायाम, केहि दिनमै वजन कम हुनेछ !

वजन बढ्ने समस्या अहिलेको समयमा आम समस्या बनेको छ। गलत खानपान र जीवनशैलीका कारण यो समस्या प्राय: मानिसमा देख्न सकिन्छ। विशेष गरी पेट र पछाडि झुन्डिएको फ्याट एकदम नराम्रो देखिन्छ। यस्तो अवस्थामा यदि तपाईं पनि यो समस्याबाट चिन्तित हुनुहुन्छ भने, अब हामी तपाईंलाई यस्ता ३ व्यायामहरूका बारेमा बताउँछौं जुन तपाईं घरमै बसेर सजिलै गर्न सक्नुहुनेछ, र छिटै आफ्नो वजन कम गर्न सफल हुनुहुनेछ।

भुजंगासन

कोब्रा पोज अर्थात भुजंगासनले कम्मरमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न मद्दत गर्छ।

व्यायाम गर्ने तरिका 

१. सबैभन्दा पहिले जमीनमा म्याट ओछ्याएर पेट भुइँ पट्टि पारेर सुत्नुहोस्।

२. अब दुबै हातलाई जमीनमा राख्नुहोस्।

३. अब शरीरको भार हात वा काँधको बलमा लिएर लामो सास फेर्नुहोस्।

४. अब बिस्तारै शरीरको माथिल्लो भागलाई उठाउनुहोस्।

५. आफ्नो नाभी जमीन भन्दा माथि उठ्न नदिनुहोस्।

६.  कम्मर तन्काउनुहोस् र ६-७ पटक लामो सास फेर्नुहोस्।

७. यहि अवस्थामा केहि समय रहेर फेरी सामान्य मुद्रामा आउनुहोस्।

८. अब यस आसनलाई दोहोर्याउनुहोस्।

डेड लिफ्ट 

जिममा यो व्यायाम गर्न तपाई डम्बेल्स प्रयोग गर्न सक्नुहुनेछ। तर यदि तपाईं यो घरमा गर्न लाग्नु भएको छ भने, त्यसोभए तपाईं घरमा भारी कुनै पनि चीज प्रयोग गर्न सक्नुहुनेछ। यो व्यायामले पनि वजन कम गर्न निकै मद्दत गर्छ। यसले विशेष गरी पीठ र पेटमा रहेको बोसो घटाउन मद्दत गर्छ।

व्यायाम गर्ने तरिका  

१. सबैभन्दा पहिला एकदम सिधा उभिनुहोस्।

२. त्यसपछि, दुबै खुट्टा बीच थोरै दूरी बनाएर घुँडा थोरै बंगाउनुहोस्।

३. तल झुक्दै हिप्सलाई स्ट्रेच गर्नुहोस्।

४. अब वजन उठाएर एकदम सिधा उभिनुहोस्।

५.  अब फेरी तल झुक्नुहोस् र फेरी सिधा हुनुहोस्।

६. माथि उठ्दा सास रोक्नुहोस् र तल झुक्दा सास छोड्नुहोस्।

बर्पी

पिठको आसपास जम्मा भएको अतिरिक्त बोसो कम गर्न बर्पी उत्तम विकल्प हो। यसमा स्क्वाट, पुश-अप र जम्पिंग ज्याक सबै तीन अभ्यासहरू छन्। तपाईं यसलाई बिस्तारै वा चाँडो कुनै पनि तरिकाले गर्न सक्नुहुन्छ। यसो गर्दा पीठमा जम्मा भएको अतिरिक्त फ्याट कम हुन्छ।

व्यायाम गर्ने तरिका   

१. सबैभन्दा पहिला जमीनमा म्याट ओछ्याएर स्क्वाटको मुद्रामा आउनुहोस्।

२. अब पुश-अप गर्नुहोस अनि फेरी सामान्य मुद्रामा आउनुहोस्।

३. यो प्रकियालाई ४-५ पटक दोहोर्याउनुहोस्।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१७:१३

के तपाईंको पनि औंला पड्काउने बानी छ ? सावधान, हुनसक्छ यस्ता गम्भीर समस्या !