के कण्डमको पनि हुन्छ एक्सपायर डेट? किन्नुभन्दा पहिले ख्याल गर्नुस यी कुरा!

एसटिडि र अनावश्यक गर्भावस्थाबाट बच्नको लागि कण्डमको प्रयोग निकै जरुरि छ। यससंग जोडिएको थुप्रै यस्ता कुरा  छन्  जुन मानिसलाई थाहा छैन।  केहि मानिसलाई त  यसको पनि जानकारी छैन कि कण्डमको  एक्सपायर डेट हुन्छ ? र यदी हुन्छ भने यसको प्रयोग सुरक्षित हुन्छ ? कण्डम किन्नुभन्दा अगाडी यी सबै कुरा थाहा पाउनुहोस :

कण्डमको  एक्सपायर डेट हुन्छ ?

अरु मेडिकल प्रोडक्टहरु जस्तै कण्डमको पनि एक्सपायर डेट  हुने गर्छ। यदी तपाई कण्डम किन्दै हुनुहुन्छ भने प्याकेट या बक्समा एक्सपायर हुने मिति  या युज बिफोर हेर्नुहोला। त्यस्तै केहि  यस्ता कारकहरू छ जसले कण्डमलाई छिटो बिगार्न सक्छ।

कसरी र कहाँ राख्ने ?

कण्डमलाई यदी पर्स, प्याकेट, वालेटमा राखियो भने लगातार घर्षणबाट यो ड्यामेज हुने ख-तरा हुन्छ। साथै  धेरै गर्मिमा पनि यसको क्वालिटीमा असर पर्छ।

कुन सामग्रीबाट बनेको छ ?

जुन कण्डम प्राकृतिक सामग्रीबाट बनेको छ त्यो छिट्टै एक्सपायर हुन्छ। त्यस्तै कृतिम सामग्रीबाट बनेको कण्डमको  शेल्फ लाइफ धेरै हुन्छ । यिनीहरु प्राय: पाँच बर्षसम्म सुरक्षित हुन्छ।

प्रकाशित : बिहिबार, माघ १५, २०७७१७:४०

कपाल झर्ने समस्याको लागि घरमै बनाउनुहोस् यस्तो आयुर्वेदिक तेल [तरिका सहित]