“अहिलेको समयमा नेइमार, मेस्सी-रोनाल्डो भन्दा पनि उत्कृष्ट, विश्वकै एक नम्बर”

पूर्व ब्राजिलियन स्टार काइयो रिबेरोले अहिलेको समयमा नेइमारले मेस्सी र रोनाल्डोलाई पछि पारिसकेको छ विश्वकै सर्वश्रेष्ठ खेलाडी नेइमार बाहेक अरु कोहि नरहेको बताएका छन्। पेरिस सेन्ट-जर्मेनका स्टार फरवार्डलाई सँधै वैश्विक कुलीन वर्गका खेलाडीका रूपमा लिइन्छ।

सान्तोसबाट बार्सिलोना आएका नेइमार क्याम्प नाउमा लियोनल मेस्सी र लुइस सुआरेजसँगै फस्टाए। २०१५ को ब्यालुन डी ओरमा उनी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि तेर्सो स्थानमा रहे। त्यसपछि, २०१७ मा किर्तिमानी २२२ मिलियन डलरमा पीएसजी गएका ब्राजिलियन स्टार क्लबमा धेरै जसो समय चोटग्रस्त रहे।

थुप्रै चोटका बाबजुद पनि उनले पीएसजीको लागि १०० खेलमा उत्कृष्ट ८१ गोल गरेका छन्। २८ वर्षको उमेर र आफ्नो करियरको शिखरमा रहेका नेइमार, खासगरी मेस्सी र रोनाल्डो मध्य ३० को उमेरमा रहँदा, विश्व फुटबलमा सर्वात्क्रिष्ट प्रदर्शनकर्ता बन्ने स्थितिमा छन्।

रिबेरोको नजरमा भने नेइमार त्यो स्थानमा पहिले नै छन्। पूर्व सान्तोस, साओ पाउलो र ग्रिमियो फरवार्डले पानिको जोभेम पानसँग कुरा गर्दै भने, “उनीसँग (नेइमार) हामीले खोजेको जस्तो व्यवहार नभएता पनि उनी एक नम्बर छ, वर्तमानमा विश्वका सर्वश्रेष्ठ खेलाडी नै नेइमार हो।”

नेइमारको टिम पीएसजी हाल फ्रेन्च लिगको शिर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको अन्तिम-१६ मा बार्सिलोनासँग भिड्ने पक्का छ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:०९

यी हुन् फुटबलमा हरेक पोजिसनबाट सर्वाधिक गोल गर्ने खेलाडी, छैनन् मेस्सी, रोनाल्डोसँगै अरु को ?