जब एक महिला गर्भवती हुन्छिन्, उनको जिम्मेवारी आफ्नो लागि तथा बच्चाको लागि पनि बढ्छ। के खानु, के खान हुँदैन। यी सबै चीजहरूको विशेष ध्यान राख्नु पर्ने हुन्छ। गर्भावस्थाको समयमा महिलाहरुलाई सबै प्रकारको भिटामिन चाहिन्छ। त्यस्तै, बच्चालाई कुनै पनि प्रकारको गडबडीबाट टाढा राख्न जरूरी हुन्छ।
समग्रमा, महिलालाई यस अवधिमा क्याल्सियमको आपूर्तिसँगै राम्रो डाईटको पनि आवश्यकता हुन्छ। यस्तोमा, गर्भवती महिलाले के-कस्ता चीज खान सक्छन् त? ताकी उनी र उनको बच्चा स्वस्थ रहोस्।
दुध
गर्भवती महिलाहरूको लागि दुध, दही वा यसबाट बनेका चीजहरू अत्यन्त लाभदायक साबित हुन्छ। दुध र दहीमा १२५ मिलीग्राम सम्म क्याल्शियम हुन्छ।
दाल
गर्भवती महिलाको लागि मुसुराको दाल पनि अत्यन्त फाइदाजनक हुन्छ। यसमा १९ मिलिग्रामसम्म क्यल्शियमको मात्रा पाइन्छ। यसको रस बनाएर गर्भवती महिलाले सेवन गर्दा यसले निकै फाइदा पुर्याउँछ।
ब्रोकली
गर्भवती महिलाले ब्रिकली निश्चित रूपमा सेवन गर्न जरूरी छ। यसमा आइरन, फोलिक एसिड, फाइबर, एन्टिअक्सीडेन्ट्स सहित धेरै पोषकहरू समावेश हुन्छन् जुन गर्भवती महिलाहरूको लागि धेरै महत्त्वपूर्ण हुन्छ। १५६ ग्राम ब्रोकलीमा ६३ मिलिग्रामसम्म क्याल्शियम पाइन्छ।
पालुंगो
पालुंगो जस्तो हरियो तरकारीले पनि गर्भवती महिलालाई धेरै फाइदाहरू दिन सक्छ। यसमा २५० मिलीग्राम क्याल्शियम पाइन्छ। यसको सेवनले महिलामा क्याल्सियमको अभाव पूरा गर्न मद्दत गर्छ। पालुंगोमा आइरनको पनि राम्रो मात्रा समावेश हुन्छ।
सुन्तला
सुन्तालाको सेवनले गर्भवती महिलामा भिटामिन-सीको कमी पूरा हुन्छ। सुन्तलामा भिटामिन सी बाहेक क्याल्सियम पनि राम्रो मात्रामा पाइन्छ। यसको सेवनले प्रतिरक्षा प्रणाली पनि मजबूत बनाउँछ। यसमा लगभग ५० मिलिग्राम क्याल्शियम हुन्छ।
बदाम
हामी सबैलाई थाहा नै होला कि बदाम खानाले दिमाग तेज हुन्छ। तर यस बाहेक यसमा क्याल्सियमको पनि राम्रो मात्रा पाइन्छ। १०० ग्राम बदाममा लगभग २६४ मिलिग्राम क्याल्शियम पाइन्छ।