रहेनन् ‘शोले’का यी अभिनेता !

हालै बलिउड फिल्म उद्योगबाट एक नराम्रो खबर आएको छ। अभिनेता शरमन जोशीका बुबा तथा अभिनेता अरविन्द जोशीको निधन भएको छ। शुक्रबार बिहान उनको नानावटी अस्पतालमा मृ-त्यु भएको हो। रिपोर्टका अनुसार अरविन्द उमेर सम्बन्धि विभिन्न समस्यासँग संघर्ष गर्दै थिए र उनका केही अंगले काम गर्न छाडेका थिए। उपचारको क्रममा उनले आज संसार छोडे।

जानकारीका अनुसार अरविन्द जोशीको स्वास्थ्य पछिल्लो केही समयदेखि ठीक थिएन। उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरुका अनुसार उनका विभिन्न अंगले बिस्तारै काम गर्न छाडेका थिए। उनलाई आइ-सी-यूमा राखिएको थियो। तर शुक्रबार उनी ८४ वर्षको उमेरमा यो संसारबाट बिदा भए।

 

अरविन्द जोशीले अमिताभ बच्चनको ‘शोले’ र ‘इत्तेफाक’ जस्ता प्रसिद्ध हिन्दी फिल्महरूमा काम गरेका थिए।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१२:२५

वरुण-नताशा पछि यी बलिउड जोडीको विवाहको प्रतिक्षामा छन् बलिउड फ्यान्स !