कुकुर्नीले पाँच बच्चालाई जन्म दिइन्, मालिकले कार्ड छापेर, ब्याण्ड बाजा बजाएर मानिसलाई प्रीतिभोज खुवाए !

जब कुनै घरमा नयाँ सदस्यको आगमन हुन्छ, पूरा परिवारमा खुसीको माहोल बन्छ। बच्चाको जन्मको खुसी धुम-धामका साथ मनाइन्छ। भारतको मध्य प्रदेशको धार्मिक शहर चित्रकूटको खोहीमा पनि एक मानिसले यसरी नै खुसी मनाए। तर उसको घरमा कुनै महिलाले नभएर एक कुकुर्नीले बच्चा जन्माएकी थिइन्। यस उपलक्ष्यमा उक्त व्यक्तिले परिवारमा मात्र नभएर पूरा गाउँका मानिसलाई कार्ड छापेर निमन्त्रणा गरेर प्रीतिभोज खुवाए। यसको चर्चा अहिले सबैतिर भइरहेको छ।

मुस्तफा नामक उक्त मानिसले यस आयोजनामा छापेको कार्डमा लेखिएको थियो,”श्री कमलनाथ महाराज जीको असीम अनुकम्पाले गर्दा हाम्रो प्यारी जुलीले पाँच वटा बच्चालाई जन्म दिएकी छन्। यस विशेष अवसरमा बारहौं संस्कारका साथै भोज र नृत्य, कन्सर्टको समारोह यहि २६ जनावरी मंगलबारको दिनमा आयोजना गरिने भएको छ। जसमा तपाईंलाई हार्दिक आमन्त्रित गरिएको छ।”

उक्त आयोजनामा करिब २ हजार मानिस आमन्त्रित थिए। कार्यक्रममा ब्यान्डबाजा, डीजेको साथमा व्यक्तिहरू खुब नाचगान गरे। जुली र उनका बच्चाहरूलाई नयाँ लुगा लगाइएको थियो।

 

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:०९

यस्तो चीजलाई शिवलिंग सम्झिएर दिनभरी पूजा गरे, पछि रहस्य खुल्दा हाँसो रोकिएन !