के तपाई दु :खी हुनुहुन्छ ? शरीरमा तागत भएको महसुस हुदैन? ओछ्यानबाट उठेर बस्न सकिदैन? र कुनै पनि कुरामा ध्यान दिन गाह्रो हुन्छ?यदी यस्तो भयो तपाईले महसुस गर्नहुन्छ कि यो डिप्रेशन हुन सक्छ, यदि तपाई आफ्नो यस समस्याबाट वा चिन्ताको बारेमा डाक्टरसँग कुरा गर्नुहुन्छ भने डाक्टरले तपाईलाई एन्टी डिप्रेसेंट औषधि खान सल्लाह दिन्छन् । तर तपाई डिप्रेशनको शिकार नै हुनुहुन्न तर डिप्रेशनसँग मिल्दोजुल्दो लक्षणको कारण अरु केहि समस्या हुन सक्छ । त्यसैले यस समस्यालाई एंटीडिप्रेसेंटले पनि मदत गर्न सक्दैन ।
के तपाईले हर्मोन असंतुलनको बारेमा सुन्नुभएको छ ? जब दिमागमा हर्मोनको असंतुलनको समस्या पनि हुन सक्छ यसको पनि शरीरमा डिप्रेशन जस्तै समस्याको लक्षण देखिन लाग्छ ।
धेरै जसो मान्छे आफ्नो समस्याको खोजि त्यहाँ गर्छन्, जहाँ समस्या नै हुदैन। मान्छेहरु डिप्रेशनको उपचार गर्न थाल्छन्, जबकि समस्या हर्मोनअसंतुलनको हुन्छ । हर्मोनअसंतुलितको लक्षण अधिकतर डिप्रेशनसँग मिलेको कारण धेरै मान्छेमा भ्रम हुन्छ। त्यसैले यस आर्टिकलमा हामी तपाईलाई त्यस हार्मोंसको बारेमा जानकारी दिन्छौ जुनले तपाईलाई उदास बनाउछ । यस बाहेक तपाईले हार्मोंसको मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पर्छ पनि जान्न सक्नुहुन्छ।
मानसिक स्वास्थ्यमा हर्मोनको प्रभाव:
हर्मोनहरू रासायनिक सन्देशवाहक हुन्, जसले तपाईको मस्तिष्क र मानसिक स्वास्थ्यमा शक्तिशाली प्रभाव पार्न सक्छ । जब हर्मोनको स्तर सन्तुलित हुन्छ, तब तपाईको मुड स्थिर हुन्छ र तपाई ऊर्जावान, उत्प्रेरित र मानसिक रूपमा तेज महसुस गर्नुहुन्छ । जब हर्मोनको स्तर परिवर्तन हुन्छ, तब दिमाग नियन्त्रणमा रहदैन । यधपी तपाईले यस्तो लक्षणको अनुभव गर्न सक्नुहुन्छ जुन मनोचिकित्सा रोगसँग सम्बन्धित छ ।
डिप्रेशनको केहि लक्षणहरु:
१.उदासी
२. चिन्ता
३. मुड स्विंग
४.थकान
५. ब्रेन फोग
६. निन्द्रा गडबडी
७. कम कामवासना
८. केहि गर्न इच्छा नहुनु
९. समस्यामा ध्यान केन्द्रित
सामान्य हर्मोन असंतुलन जसको लक्षण डिप्रेशन जस्तै हुन्छ:
हाम्रो शरीरले सयौं प्रकारका हर्मोनहरू उत्पादन गर्दछ। तर यी चार हर्मोनहरूले डिप्रेशन डिसअर्डर जस्ता लक्षणहरू बनाउँदछ। त्यसैकारण यो सन्तुलित हुन्छ ।
१. थाइरोइड
थाइरोइड एउटा सानो, पुतली आकारको ग्रन्थि हो जुनले तपाईको मस्तिष्क र शरीरलाई स्वस्थ राख्न शक्तिशाली भूमिका खेल्छ। यी न्यूरोट्रान्समिटरको उत्पादन हुन्, जुनमा डोपामाइन, सेरोटोनिन, र गाबा सहित, यी सबै मुडलाई नियन्त्रण गर्न मद्दत गर्दछ। थाईरोइड ग्रंथिमा रोगको कारण अत्यधिक थोरै हर्मोन गठन वा हाइपोथायरायडिज्म वा धेरै हर्मोन बन्ने हाइपोथायरायडिज्मको समस्या हुन्छ । वास्तवमा थाइरोइड रोग सबै डिप्रेसन समस्याहरूको एक तिहाइ समस्याको लागि जिम्मेवार रहेको छ ।
२.एस्ट्रोजेन
एस्ट्रोजेनले न्युरोट्रान्समिटर सेरोटोनिन, डोपामाइन र गाबाको उत्पादनलाई असर गर्छ। धेरै वा निकै कम एस्ट्रोजेनले न्युरोट्रान्समिटरको स्तर बदल्न सक्छ र डिप्रेसनको भावनाहरू निम्त्याउन सक्छ।
३.प्रोजेस्टेरन
प्रोजेस्टेरोनलाई “रिलेक्सेशन हर्मोन” भनिन्छ , प्रोजेस्टेरोनको शान्त प्रभाव जब यो राम्रो लेवलमा हुँदा उत्पन्न हुन्छ । जब हर्मोन अफ-किल्टर हुन्छ वा जब प्रोजेस्टेरन हर्मोनको उत्पन्न कम हुन्छ तब डिप्रेशन हुन सक्छ । यसका साथै चिन्ता , राति निन्द्रा नलाग्नु र दिमाखले काम नगर्नु हो ।
४.टेस्टोस्टेरन
पुरुष र महिला दुवैला ही, टेस्टोस्टेरनले डिप्रेशन टाढा गर्नको लागि मदत गर्ने हर्मोनको रुपमा चिनिन्छ । यस बाहेक संज्ञानात्मक कमजोरी र अल्जाइमर रोगबाट कम गर्न मदत्त गर्छ । टेस्टोस्टेरोनको कम स्तरले डिप्रेशन र चिन्ताको लक्षण बढ्छ । यी लक्षणमा ध्यान केन्द्रित गर्न कठिनाई , प्रेरणाको कमी र थकान आदि रहेको छ।
हर्मोन समस्याको कारण के हो?
खानामा धेरै चिनी खानु
धेरै चिनीको सेवनले हर्मोनको सामान्य कार्यमा बाधा पुर्याउँछ र प्रोजेस्टेरोनको सम्बन्धमा एस्ट्रोजेनको मात्रा धेरै वृद्धि हुन सक्छ । यसको परिणामस्वरूप मूड स्विंग, डिप्रेशन र चिन्ताको जोखिम बढ्छ ।
गम्भीर तनाव
जब तनावपूर्ण परिस्थितिहरू हुन्छन्, तब हाम्रो शरीरहरूले हर्मोनहरू जारी गरेर प्रतिक्रिया दिन्छ । जब तनाब धेरै हुन्छ तब दिमागले यी हर्मोनलाई धेरै उत्पादन गर्न थाल्छ । यसकारण शरीरको अन्य महत्त्वपूर्ण रासायनिक सन्देशवाहकहरूको उत्पादन हुन अवरुद्द हुन्छ ।यसकारण हर्मोनल डिसफंक्शनको समस्या हुन्छ ।
वातावरणीय विष
वातावरणमा उपस्थित धेरै विषाक्त पदार्थहरू दिनहुँ हाम्रो सम्पर्कमा आउँछन् । यस विषालु पदार्थहरूमा कीटनाशक आदि पनि समावेश छन्। त्यस्ता विषाक्त पदार्थहरूले हर्मोनको सामान्य उत्पादनमा हस्तक्षेप गर्छ ।
दिमागमा लागेको पुरानो चोट
ट्रोमाटिक मस्तिष्कमा चोटपटक वा टाउकोमा चोटपटकले प्राय पिट्यूटरी ग्रंथिलाई नोक्सान पुर्याउँछ । यो मस्तिष्कको बेसमा स्थित हुन्छ ।यसले शरीरको “मास्टर ग्रंथि” को रूपमा काम गर्छ, पिट्यूटरी हर्मोनले उत्पादनलाई नियन्त्रित गर्छ , तर यो क्षतिग्रस्त हुँदा यसले पुरै हर्मोनल सिस्टमलाई बाधा पुर्याउछ ।
हर्मोन असंतुलनको कारण हुने डिप्रेशनबाट कसरी बच्न सकिन्छ ?
जब हर्मोनल असंतुलन उदासी र थकानमा हुन्छ तब एंटीडिप्रेसेंट्सले तपाईको दिमाखलाई सही फाईदा पुर्याउन सक्दैन । तर कुनै डाक्टरले कहिले पनि तपाईको हर्मोनको स्तर परिक्षण गर्दैन त्यसैले डिप्रेशनको वास्तविक समस्या हर्मोन असंतुलित हुनु हो ।
बिना परिक्षण एक एन्टी डिप्रेसेंटबाट दोस्रो एन्टी डिप्रेसेंटसँग भौतारिन्छन् । यो जाँच्न जरुरी रहेको छ कि अघिल्लो समय टाउकोमा लागेको चोट हर्मोनल असन्तुलनको कारणले हो । ब्रेन इमेजिंग अध्ययनले ट्रामाटिक ब्रेन इन्ज्युरीको संकेत थाहा पाउन सकिन्छ । यो पनि हर्मोनल समस्याको मूल कारण हुन सक्छ । यही कारण शरीरमा डिप्रेशनको लक्षण देख्न लाग्छ । यस मामलामा तपाईको मस्तिष्क स्वस्थ राख्न हर्मोनको स्तरलाई सही राख्न सफलता मिल्छ ।
निष्कर्ष
यही कारण तपाईको मानसिक स्वास्थ्यको जाँचको लागि कुनै पनि मनोचिकित्सककोमा जानुपर्छ र हर्मोनको जाँच गर्नुहोला र विस्तृत जानकारीको लागि मस्तिष्कको स्क्यान पनि गर्नुहोला । हर्मोनको स्तर सही भयो भने तपाईको मूडलाई स्थिर गर्न , उर्जा बढाउन र डिप्रेशनको लक्षणलाई सुधार गर्न सक्नुहुन्छ ।

