तपाईंको हातको यस्तो रेखाले बताउँछ तपाईंको प्रेमीको सबै गुण !

हस्तरेखाविज्ञान अनुसार तपाईंको हातका रेखाले तपाईंको जीवनका थुप्रै गहिरा रहस्यहरू प्रकट गर्न सक्छ। यस्तोमा हस्तरेखाशास्त्रमा जीवनसाथी सम्बन्धित रहस्य पनि उल्लेख गरिएको छ। हातमा थुप्रै रेखाहरू हुन्छन्, जसमध्ये एउटा हृदय रेखा वा हर्ट लाइन हो।

यदि तपाईंले आफ्ना दुई हत्केला एक-आपसमा जोड्नु भयो भने एक अर्धचन्द्राकार बन्छ। अब यो अर्धचन्द्राकार कस्तो बनेको छ, यसले तपाईंको जीवनसाथीको गुणको बारेमा बताउँछ।

दुबै हातको रेखा समान

यदि तपाईंले आफ्नो हत्केला जोड्दा यी दुई रेखा समान रूपमा मिल्छन् भने तपाईंले आफूलाई भाग्यमानी सम्झिनुहोस्। यसको मतलब तपाईंको जीवनसाथीले सम्बन्धको गम्भीरता बुझ्छ र तपाईं प्रति सधैं वफादार रहन्छ। यस्ता मानिस हृदयले निकै सफा हुन्छन् र निकै संवेदनशील किसिमका हुन्छन्। त्यस्ता व्यक्तिहरूले अरूको सल्लाहको पनि कदर गर्छन्।

बायाँ हातको रेखा तल 

यदि देब्रे हातको रेखा दाइने हातको रेखाको तुलनामा तल छ भने बुझ्नुहोस् कि तपाईंको भावी जीवनसाथी तपाईंको उमेर र बुझाइमा अगाडि हुनेछ। यस्ता मानिस निकै रोमान्टिक हुन्छन्।

दायाँ हातको रेखा तल 

यदि दाहिने हातको रेखा तल्लो तहमा छ, तब यसको मतलब यो हो कि सम्बन्धित व्यक्ति प्रेम सम्बन्धमा प्रवेश गर्न हतारमा छैन। उनीहरुको लागि प्रेम उनीहरुको खुसीको कारण कहिले पनि बन्दैन। यी व्यक्तिहरू अलि जटिल प्रकृतिका हुन्छन्।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:०८

कुकुर्नीले पाँच बच्चालाई जन्म दिइन्, मालिकले कार्ड छापेर, ब्याण्ड बाजा बजाएर मानिसलाई प्रीतिभोज खुवाए !