मानिस आफ्नो कपाल कालो, बाक्लो र मजबूत बनाउनको लागि के-के गर्दैनन् र। तर कहिलेकाँही राम्रो श्याम्पू र कन्डिशनरको प्रयोगपछि पनि कपाल झर्न रोकिँदैन। यस्तोमा आयुर्वेदिक उपाय नै उत्तम विकल्प हुनसक्छ। आज हामी तपाईंलाई यस प्रकारको आयुर्वेदिक तेल बनाउने तरिकाको बारेमा बताउँछौं जसले कपाल झर्ने समस्या समाधान गर्छ। आउनुहोस् डी.आई.वाई तेल र यसलाई प्रयोग गर्ने सहि तरिका जान्नुहोस्।

सामग्री
६-७ वटा पानको पात
हिबिस्कस फूलको पत्ता: २०-२५
मसलाको पात- १ कचौरा
२०० ग्राम नरिवलको तेल

तयार गर्ने विधि
सबैभन्दा पहिले सबै पातहरु च्यातेर साना-साना टुक्रा बनाउनुहोस्। ग्यासमा प्यान तताउनुहोस्। तेल तताएर यसमा सबै पातहरु हालेर पकाउनुहोस्। केहि समयपछि देख्न सक्नुहुनेछ कि तेलको रंग हल्का हरियो हुन सुरु हुन्छ। तेललाई गाढा हरियो हुन्जेल पकाउनुहोस्। जब तेल गाढा हरियो हुन्छ, प्यान ग्यासबाट निकालेर सेलाउनको लागि छाड्दिनुहोस्। अब तेल राम्रोसँग छानेर एउटा बोतलमा राख्नुहोस्।

कसरी प्रयोग गर्ने त ?
यस तेल हप्तामा दुई वा तीन पटक कपालमा लगाएर मालिश गर्नुहोस्। त्यसपछि कपालमा कम्तीमा दुई घण्टाको लागि तेल छोड्नुहोस्। चाहनुहुन्छ भने तपाईं यसलाई कपालमा रातभर पनि छोड्न सक्नुहुन्छ। त्यसपछि कुनै पनि हर्बल श्याम्पूले कपाल धुनुहोस्।

