एजेन्सी – बलिउड नायिका क्याटरीना कैफ पछिल्लो समय एक पटक पुनः चर्चामा छिन्। पछिल्लो समय बलिउडकै एक नायकसँग प्रेम सम्बन्धमा रहेको हल्ला चलिरहेका बेला क्याटरीना पुनः एक पटक चर्चामा आएकी हुन्।

क्याटरीना पछिल्लो समय बलिउड नायक विक्की कौशलसँग प्रेम सम्बन्धमा रहेको बताइन्छ। क्याटरीना र विक्की बीच प्रेम सम्बन्ध रहेको पहिला देखि नै हल्ला चल्दै आएको भएपनि पछिल्लो यस हल्लाले थप व्यापकता पाएको छ।
केहि दिन अगाडी मात्रै क्याटरीनाले सामाजिक संजालमा शेयर गरेको एक स्टोरीले क्याटरीना र विक्की प्रेम सम्बन्धमा रहेको हल्लालाई थप बढावा दिएको छ।
के छ तस्विरमा ?

क्याटरीनाले सार्वजनिक गरेको उक्त तस्विरमा उनी कसैको अँगालोमा रहेको जस्तै देखिएको छ। यधपी उनी कसैको अँगालोमा थिइन् अथवा थिइनन् भन्ने पुष्टि हुन भने सकेको छैन।
तस्विरमा क्याटरीना मस्टर्ड कलरको टिसर्ट लगाएका व्यक्तिको अँगालोमा रहेको जस्तै देखिन्छ। त्यस्तै रङ्गको टिसर्ट विक्कीले लगाएको तस्विर तथा भिडियो हालसालै सार्वजनिक भएका छन्। विक्कीको ती टिसर्टहरुकै कारण क्याटरीनाका प्रशंसकहरु यी दुई बीच प्रेम सम्बन्ध रहेको दावी गरिरहेका छन्।
कह समय अगाडी पनि चलेको थियो चर्चा

केहि समय अगाडी पनि क्याटरीनाले सार्वजनिक गरेको एक तस्विरमा विक्की कौशल देखिएका थिए। उक्त कुरा सबैले चाल पाएपछि क्याटरीना तस्विर सामाजिक संजाल बाट हटाएकी थिइन्।

