खुट्टा खप्ट्याएर नबसेकै राम्रो, बस्दा हुन्छन् यस्ता यी ५ बेफाइदा !

तपाईले देख्नु भएको होला, कुर्चीमा बसेको बेला वा सोफामा बसेको बेला, अधिकांश मानिसहरु खुट्टा खप्टाएर बसेका हुन्छन् । तर यसरी बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नहुने अध्ययनले नै पुष्टि गरेको छ । त्यसरी बसेमा स्वास्थ्यमा समस्या आउने जनाईएको छ । लामो समयसम्म खुट्टा खप्टाएर बस्दा यी पाँच समस्याहरु आउन सक्ने बताईएको छ ।

१। शरीर अस्वभाविक आकारमा रहने भएकाले लामो समय खुट्टा क्रस बनाएर बस्दा ढाड दुख्छ।

२। यो आसनमा बस्दा शरीरको नशामा बढी दबाब पर्छ। यस्तो अवस्थामा रगत मुटुतर्फ नगएर खुट्टातर्फ जाने गर्छ, जसका कारण मुटुमा असर पुग्न सक्छ।

३। लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्ताङ्गको हड्डी दुख्छ र गुप्ताङ्गमा पनि समस्या आउन सक्छ।

४। धेरै बेरसम्म खुट्टा खप्ट्याउँदा स्पाइनल कर्डमा दुखाइ बढ्न सक्छ।

५। यो पोजिसनमा लामो समय बस्दा नशामा दबाब बढ्ने भएकाले नशा खिइने सम्भावना पनि हुन्छ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:२२

यी ४ हर्मोनले पनि बनाउछ मानिसलाई दुखि र डिप्रेस्ड, यसबाट कसरी बच्ने? जानिराखौ!