यी हुन् फुटबलमा हरेक पोजिसनबाट सर्वाधिक गोल गर्ने खेलाडी, छैनन् मेस्सी, रोनाल्डोसँगै अरु को ?

क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड तोडेसँगै फुटबलको हरेक पोजिसनबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूची आर्वाजनिक भएको छ।

यस्तो छ पूरा सूची: 

गोलकिपर: रोगेरियो सेनी (१३१ गोल, १९९०-२०१५)

राइट ब्याक: ग्राहाम एलेकजेन्डर (१०७ गोल, १९८८-२०१२)

सेन्टर ब्याक: रोनाल्ड कोमन (२५३ गोल, १९८०-१९९७)

लेफ्ट ब्याक: पल ब्रिटनर (११३ गोल, १९७०-१९८३)

राइट सेन्ट्रल मिडफिल्ड/सेन्ट्रल मिडफिल्ड: फ्रान्क लाम्पार्ड (२७४ गोल, १९९५-२०१६)

लेफ्ट मिडफिल्ड: जोन वाक (२२३ गोल, १९७५-१९९७)

विंगर: क्रिस्टियानो रोनाल्डो (७६० गोल, २००२-)

स्ट्राइकर: जोसेफ बिकान  (७५९ गोल, १९३१-१९५५)

यस सूचीमा सबभन्दा आश्चर्यजनक नाम ब्राजिलियन गोलकीपर रोजेरियो सेनी हो। उनले १९९७ बाट साओ पाउलोको लागि पेनाल्टी, फ्री-किक प्रहार गर्न सुरु गरेर २०१५ सम उक्त क्रम जारी राखे। उनले आफ्नो २५ वर्षीय करियरमा १००० भन्दा बढी खेल खेले। उनको यो रेकर्ड तोड्न असम्भव जस्तै देखिन्छ।

त्यस्तै, बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले आफ्नो करियरमा सेन्टर ब्याकबाट खेल्दै २०० भन्दा बढी गोल गरेका छन्।

 

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:४८

मेस्सीको उत्कृष्ट फ्रिकिक गोल, रियललाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो !