आवश्यक परे संसद खुलाउने प्रचण्डको घोषणा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक बस्न सक्ने बताएका छन्।

शुक्रबार प्रचण्ड-नेपाल पक्षले विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक बस्न सक्ने बताएका हुन्।

प्रचण्डले संविधानले दिएको अधिकारको आधारमा संसद बैठक बस्न सक्ने प्रचण्डले बताए। संविधानले दिएको अधिकार अनुसार संसद बैठक बसेर ओलीलाई कारवाही गर्न सकिने उनको भनाई छ।

“संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ, केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन्। जरुरी परे संसद बैठक बसेर ओलीमाथि कारबाही गर्न सकिन्छ ।”,उनले भने।

सर्वोच्च अदालतले संविधान र जनभावना अनुरुप फैसला गर्ने आशा भएर मात्र आफूहरु चुप बसिरहेको उनले बताए। आवश्यक परेको खण्डमा विकल्प अपनाउने उनले चेतवानी छ। प्रचण्डले संसद भंग नभएको मात्र बताएनन्, ओली सरकार भंग भएको पनि दावी गरे।

“सर्वोच्चले पक्कैपनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं। जरुरी परे विकल्प जनतासँग छ ।”,उनले भने,”संसद भंग भएको छैन, ओली सरकार चाहीं भंग भएको हो।”

त्यस्तै प्रचण्डले परिवारवादका लागि राजनीति गरेको भन्दै लाग्ने आरोपको पनि खण्डन गरेका छन्। आफू संघर्षमा हुँदा आफ्नो परिवार पनि संघर्षका लागि जङ्गल प्रवेश गरेको उनले सुनाए।

साथै प्रचण्डले संविधान २००४ सालदेखि नै बन्दै आएको भएपनि नयाँ संविधान सार्वभौम जनताको प्रतिनिधिले बनाएको बताए।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१७:५८

“ओलीलाई साथ दिने राजतन्त्र चाहिन्छ भन्नेहरुको मात्रै छन्”