जापानमा एक्कासी प्राकृतिक विपत्ति, झण्डै सय उडान रद्ध !

एजेन्सी – जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् ।

अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावा हुरी र हिमपात विषेश गरेर देशको उत्तरी भागमा परेको हो ।

जापानका सवैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्ध गरेको जनाइएको छ ।

धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्ध भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाए

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँनु हुदै सो कुराको जानकारी गराएका छन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई यो पनि खोप सबैको लागि यथोचित रुपमा उपलब्ध गराउन लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

“यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौं, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस भनी कामना गर्दछौँ– गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ ।

यस खोप अभियानमा विद्यालयका कर्मचारीहरु पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको सो रिपोर्टले जनाएको छ ।

उनले गत महिनामात्र यो खोप आफूले पनि लिने भनी घोषणा गरेका थिए । बृद्धबृद्धाहरुका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकोले उनले आफूले खोप लिने घोषणा गरेका हुन् ।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१९:३६

मङ्सिर ११ गतेदेखि लागेको आगो अझै नियन्त्रणमा आएन !