काठमाडौँ । मानिसको जिउडाल चिटिक्क मिलेको भएपनि केही यस्ता कुराहरु छन् जुन मानिसहरुलाई हेर्दा नै केहि अपठेरो महशुस हुने गर्दछ । अब अनुहारमा आउने रौँ कै कुरा गरौँ ।
कुनै पार्टी तथा समाहरोहमा जाँदा अनुहारभरी रौँ देख्नु भो भने मनमनै कस्तो झुसे रैछ भन्ने सोच त पक्कै पनि आँउछ होला । ल मानिलिऊं अरुको देखेर तपाईलाई त्यस्तो सोच नआउन पनि सक्छ तर तपाईलाई हेरेर कतिपय मानिसहरु यस्तै झुसे भनेर सोच्ने गर्दछन् । शायद यो कुरा त तपाईलाई पनि महशुष भएको पनि हुनसक्छ ।
जौँ को पिठोलाई कागतिको रस र महमा बराबर मात्रामा मिसाउनुहोस्, मिसाएको परिमाणलाई राम्रोसंग घोलेर पेष्ट तयार गर्नुहोस् । यसरी घोलेर तयार पारेको पेष्टलाई अनावस्यक रुपमा आएको झुसे रौँ भएको स्थानमा लगाउनुहोस् । त्यस्ता झुसे रौँ पलाएको स्थानको उल्टो गरेर दल्नुहोस् ।
एकै क्षण दलेपछी तपाईको अनुहारका केही चमक आउन शुरु गर्दछ । कालानिला दागहरु तथा आँखाको तल आउने कालो धब्बा, ओठमाथिआउने रौँ सबैतिर मजाले दल्नुहोस् । केही समयमै तपाई आफ्नो अनुहार फरक पाउनुहुन्छ । लगभग १५ मिनेट जति मसाज गरेपछी मनतातो पानीले मुख धुनुहोस् ।
मुख धोएर सफा कपडाले पुछेर अनुहार सुख्खा भएपछी फेस क्रिम अथवा म्वाइस्चराइजर लगाउनुहोस् । फुर्सदको समय निकालेर हप्तामा दुई देखि तिन पटक सम्म यस्तो गरेमा झुसे अनुहार लिएर हिड्नु पर्ने समस्या हुदैन्, साथै अनुहारमा चमक आउनुको साथै मानिसहरुको तारिफ सुन्न लायक हुनुहुनेछ ।