मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले चलचित्र ‘सर्कस’ ५० करोड पारिश्रमिक लिएका छन् । उनका अघिल्ला चलचित्रहरुले बक्सअफिसमा सफल चुम्दै गएपछि पारिश्रमिक बढाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
‘सर्कस’ का लागि रणवीरले ७५ दिनको समय दिने निर्माण पक्षले जनाएको छ । यस चलचित्रबाट उनले दैनिक ६६ लाख रुपैयाँ बुझेका छन् । भारतमा उनको क्रेज निकै गज्जब खालको छ । प्रायः उनले अभिनय गरेका चलचित्रको दर्शक, समीक्षक तथा सञ्चार माध्यमले खुलेरै चर्चा गरेको पाइन्छ । अभिनेता रणवीरले आफूलाई हरेक भूमिकामा चुस्त राख्न सक्ने खुबी राख्छन् ।
यसै कारण अभिनेता रणवीरलाई चलचित्रमा काम लगाउन बलिउडका निर्माता, निर्देशक लालयित छन् । अहिले अभिनेता रणवीर ‘सर्कस’ को छायांकनमा व्यस्त रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रोहित सेट्टीले निर्देशन गरिरहेको यसै चलचित्रबाट रणवीरले आफ्नो पारिश्रमिक बढाएका हुन् । उनले यस चलचित्रमा काम गरेबापत् ५० करोड पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
‘सिम्बा’ पछि रोहित र रणवीरको यो दोस्रो सहकार्य हो । ६० को दशकको सेट लगाएर यो चलचित्रको छायांकन भइरहेको छ । चलचित्रको अधिकांश दृश्यको छायांकन सेटमै हुने बताइएको छ ।
चलचित्रमा रणवीरलाई दोहोरो भूमिकामा देखाइने छ । यस चलचित्रमा रणवीरलाई अभिनेत्रीद्वय ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेले साथ दिएका छन् ।