बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ –  आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार स्थिर रहेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले बढेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ सय रुपैयाले बढेसँगै छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैयामा कायम भएको छ। यस अगाडी छापावाला सुनको मूल्य शुक्रबार ९२ हजार  रहेको थियो।

यस्तै  आइतबार तेजाबी सुनको मूल्य पनि १ सयले नै बढेको छ। जससँगै तेजाबी सुनको मूल्य आइतबार ९१ हजार ६ सय रुपैयामा कायम भएको छ। यस अगाडी तेजाबी सुनको मूल्य ९१ हजार रहेको थियो।

चाँदीको मूल्य

आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदीको मूल्य तोलामा ३५  रुपैंयाले बढेर  १ हजार ३ सय २० रुपैयामा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, माघ १८, २०७७१२:५८

नेप्से हालसम्मकै उच्च बिन्दुमा, यी कम्पनीमा लगानी गर्ने मालामाल !