बर्षा र सबिनको १७ महिनामै ब्रेकअप, धोका दिएको भन्दै सबिनले लेखे लामो स्टाटस!

काठमाडौँ, माघ १८ । नेपाली सिनेमा उद्योग बेला-बेलामा कलाकारको प्रेम र ब्रेकअपको खबरले तातिने  गर्छ।  त्यस्तै अभिनेत्री बर्षा सिवाकोटी र सविन जंग थापाको पनि ब्रेकअप  भएको छ । उनीहरुको प्रेम सम्बन्ध १७ महिना मात्रै टिक्यो।  वर्षा सिवाकोटीको प्रेमी सविन जंग थापा आफैले सामाजिक संजाल मार्फत यो कुराको खुलासा गरेका हुन्। सबिनले इन्स्टाग्राममार्फत बर्षाले आफूलाई धोका दिएको बताएका छन् ।

सविनले इन्स्टाग्राममा वर्षाले आफूलाई धोका दिएको भन्दै उनिसंगको तस्विर शेयर गरि यस्तो लेखेका छन्, ‘मिडिया शक्तिशाली छ तर म  विश्वास गर्छु जनताहरु पनि कम छैनन्। त्यो ठुलो स्वर सुने, तिमिसंग कोहि  छैन र तिमि सिंगल छौ। र  मलाई नचिन्नेहरुको लागि केहि भन्नुछ।१७ महिना पहिले मेरो प्रेमसम्बन्ध यी युवतीसंग सुरु भयो। हजारौ-हजार किमी टाढा रहेका हामीले एक अर्काको त्रुटि र कमजोरीलाई स्विकार गर्यौ । हामीबीचको राम्रो-नराम्रो पक्षहरु, चाहना-आवश्यकताहरु र बिचमा आउने सबै बाधाहरुलाई पार गर्ने निर्णय गर्यौ। मैले सोचे कि जीवन भनेको एक अर्कालाई जुनसुकै परिस्थितिमा पनि जोड्ने हो। तर तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’

साथै सबिनले वर्षासँग १७ महिनाको अवधिमा  बिताएको समय असल रहेको  बताएका छन्। उनले बर्षालाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै शुभकामना समेत दिएका छन्।

प्रकाशित : आइतबार, माघ १८, २०७७१४:००

५३ वर्षीय यी अभिनेत्रीले आफ्नै बडिगार्डसंग गरिन ५ औ बिहे, यस्ता छन उनि!