बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले देशमा मात्र नभई विदेशमा निकै नाम कमाईरहेकी छन्। हलिउडमा इन्ट्री गरेपछि प्रियंका चोपडा जोनसको संसारभर फ्यान फ्लोइंग रहेको छ। उनी सोशल मिडियामा निकै सक्रिय रहन्छिन्। प्रियंका आफ्नो श्रीमान निक जोनससँग तस्विर साझा गरिरहन्छिन्। यस समय प्रियंका निक जोनससँग छुट्टि मनाईरहेकी छन्। प्रियंका अहिले आफ्नो श्रीमान निक जोनससँग लन्डनमा छिन्। उनी लगातार आफ्नो तस्विर साझा गरिरहेकी छन्।
सामाजिक संजालमा उनी निकै तस्विर शेयर गर्छिन्। हालै प्रियंकाले पूलमा मस्ती गर्दै गरेको रेड कलरको स्विमसूटमा तस्विर शेयर गरेकी थिइन्। इंस्टाग्राम स्टोरीमा शेयर गरिएको यी तस्विरमा प्रियंका निकै सुन्दर देखिएकी छन्। प्रियंकाको यो तस्विरमा भाइरल भएको छ।
प्रियंका चोपड़ाले लकडाउनमा आफ्नो श्रीमान निक जोनससँग समय बिताईन् र सामाजिक सञ्जालमा आफ्नो रोमांटिक फोटो शेयर गरिन्। प्रियंका राजकुमार राव अहिले फिल्म ‘द वाइट टाइगर’ मा देखिएकी थिइन्। ओटीटीमा रिलीज भएको यस फिल्मलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ। अब प्रियंका हलिउडमा चर्चित सीरीज ‘मेट्रिक्स’ को चौथो फिल्ममा कियानू रीव्ससँग काम गर्नेछिन्। उनि ‘बेवाच’ र ‘द किड लाइक जेक’ जस्ता हलिउड फिल्ममा देखिसकेकी छन्।