उत्तर कोरियाली नेता किम जोङकी श्रीमती री सोल जु करिब एक वर्षदेखि गायब छिन् । पछिल्लोपटकल उनि सन् २०२० को जनवरी २५ मा पति किमसंग राजधानी प्योङयाङको एक थिएटरमा नाटक हेर्न गएकी थिइन र सोहि बेला देखि उनि सार्वजनिक स्थलमा देखिएकी छैनन्। एनके न्युजको अनुसार उनि कोरोनाको म-हामा-रीको कारण सार्वजनिक स्थानमा नदेखिएको हुनसक्ने जनाएको छ।

किम जोङ र री सोल जुको बच्चा (किम जुए) भर्खर ७ वर्षका भए। सार्वजनिक स्थानमा निस्किदा सानो बच्चालाई कोभिड–१९ संक्रमणको सम्भावना बढी हुने भएकोले पनि री सोल जु लामोसमयदेखि सार्वजनिक स्थानमा नदेखिएको हुन सक्ने कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनमा नर्थ कोरियन रिसर्च डिभिजनका निर्देशक होङ मिनले बताएका छन् । तर री एक वर्षदेखि कतै पनि नदेखिनुको कारण अझै पनि स्पष्ट हुन सकेको छैन। साथै किम पनि बाहिरतिर एकदमै कम निस्कने गर्छन। किम र रिको सन् २००९ मा विवाह भएको थियो।

