कक्षा १२को नतिजा आउन आउने !

काठमाडौँ – कक्षा १२ को नतिजा आज सार्जजनिक हुने भएको छ । केहि समय अगाडी नै सार्वजनिक हुने भनिएपनि विभिन्न प्राविधिक समस्याले समयमा आउन नसकेको कक्षा १२ को नतिजा आज आउन लागेको हो। नतिजा आजै सार्वजनिक गर्ने गरी तयारी थालिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। नतिजा सार्वजनिक गर्नैको लागि बोर्डको बैठक १० बजे बोलाइएको छ।

नतिजा सार्वजनिक गर्ने विषयमा बोर्डले आइतबार अन्तरिक गृहकार्य समेत गरिसकेको छ। सोमबार अन्य समस्या नआएको खण्डमा नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए।

कोरोना महामारीका कारण वैशाखमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो । लामो समय सम्म पनि परीक्षा संचालन गर्ने अवस्था नबनेपछि बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णांकको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो। ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको बोर्डले जनाएको छ।

कोरोना कहरबीच स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै मंसिर ९ बाट ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । मंगसिर ९ गते देखि लिइएको परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको भएपनि कम्जोर व्यवस्थापनका कारण नतिजा समयमा सार्वजनिक हुन सकेको थिएन।

प्रकाशित : सोमबार, माघ १९, २०७७०७:१३

कक्षा १२ को नतिजा सार्वजनिक !