अनुष्का शर्मा र विराटले शेयर गरे छोरीसंगको पहिलो तस्वीर,राखे यस्तो नाम!

अनुष्का शर्मा र विराट कोहलीले आफ्नो छोरीको पहिलो तस्विर शेयर गरेका छन्। साथै उनीहरुले नाम पनि खुलासा गरेका छन् । अनुष्काले एक लामो पोस्ट लेखेर फ्यानलाई धन्यवाद दिदै आफ्नो छोरीको नाम ‘वामिका’ बताएकी छन् । स्टार कपलले आफ्नो छोरीको नाम वामिका राखेका हुन् । अनुष्का शर्माले छोरीको पहिलो तस्विर सामाजिक सञ्जालमा साझा गरेकी छन् ।

तस्वीरमा विराट र अनुष्का आफ्नो छोरीलाई नियालेर हेरिरहेका छन् । तस्वीर साझा गर्दै अनुष्का शर्माले लेखिन् ,”हामी प्रेम र कृतज्ञताका साथ सँगै बसेका थियौं तर सानी वामिकाले यसलाई नयाँ स्तरमा ल्याएकी छन् । आँसु, हाँसो, चिन्ता, आनन्द यी सबै भावना रहेको छ । तपाईहरु सबैको माया र आशिर्वादको लागि धन्यवाद ।”

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट कप्तान विराट कोहली आमाबुबा बनेपछि लगातार चर्चामा रहेका छन् । ११ जनवरीमा अनुष्का आमा बनेकी थिइन् र दर्शक उनको छोरीको तस्विर हेर्न निकै आतुर थिए । विराट र अनुष्काले आफ्नो छोरीलाई मीडिया र लाइमलाइटबाट टाढा राख्ने बताएका थिए र अनुकुल समयमा बाहिर देखाउने बताएका थिए। अनुष्का शर्मा पछिल्लो केहि समयदेखि फिल्मबाट टाढा रहेकी थिइन् । अन्तिमपटक अनुष्का फिल्म ‘जीरो’ मा देखिएकी थिइन्, जुनमा शाहरुख खान पनि थिए । यधपी यो फिल्म खासै हिट भएन । त्यसपछि उनले बलिउड फिल्ममा काम गरेकी छैनन् ।

प्रकाशित : सोमबार, माघ १९, २०७७१४:१०

क्यामराकै आगाडी डेलिभरी, चलचित्र हेर्दा दर्शकको उड्यो होश !