कुन राशिलाई कस्तो रहला यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि  

मेष राशिका मानिसको लागि यो हप्ता पद, प्रतिष्ठा तथा प्रगतिको हिसाबले शुभ रहनेछ। हप्ताको सुरुबाट धेरै जसो अवरुद्ध कामले गति लिनेछन्। मनमा कुनै प्रकारको नकारत्मक भावना हावी हुन नदिनुहोस्। प्रयास गर्दा कार्य विशेषमा अवश्य सफलता मिल्नेछ। व्यापारमा समय अनुकूल रहनेछ। आर्थिक लेन-देन गर्दा सावधान रहन जरूरी छ।

वृष राशि 

वृष राशिका मानिसकको लागि यो हप्ता बोलीमा संयम राख्न जरूरी देखिन्छ। हप्ताको बीचमा अनावश्यक वाद-विवादबाट जोगिनुहोस्। खुद्रा व्यापारीहरूले राम्रो फाइदा लिन सक्छन्। महिलाहरूले आफ्नो अधिकांश समय धार्मिक काममा बिताउँनेछन्। प्रेम सम्बन्धमा समय अनुकूल छैन। स्वास्थ्यको विशेष ख्याल राख्न जरूरी छ। कुनै पुरानो समस्या बल्झन सक्छ।

मिथुन राशि 

मिथुन राशिका मानिसको लागि यो हप्ता मिश्र मध्यम साबित हुनेछ। हप्ताको सुरुवातमा कसैको बोली-व्यवहारको कारण मनमा चोट पुग्न सक्छ। व्यवसायिक वर्गका लागि यो समय चुनौतीपूर्ण रहनेछ। प्रेम मामिलामा तेस्रो व्यक्तिको हस्तक्षेपले केहि समस्याहरू निम्त्याउन सक्छ। यो पूरा हप्ता तपाईंको भावनामा नियन्त्रणमा राख्नु पर्नेछ। हप्ताको अन्तमा, लामो दूरीको यात्राको योग बन्नेछ।

कर्कट राशि 

हप्ताको सुरुवातमा व्यापार व्यवसाय क्षेत्रमा समस्या उत्पन्न हुनसक्छ तर हप्ताको अन्त्य सम्म सबै समस्या समाधान हुनेछ। महिलाहरुको लागि समय मध्यम रहनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी पेट सम्बन्धि सामस्याले सताउन सक्छ। त्यसैले, खानपानमा ध्यान दिन जरूरी छ। कठिन परिस्थितिमा जीवनसाथीको पूरा समर्थन प्राप्त हुनेछ।

सिंह राशि 

सिंह राशिका मानिसले यस हप्ता आफ्नो स्वास्थ्य तथा सम्बन्धमा विशेष ध्यान दिनुपर्नेछ। महिलाहरूले आफ्नो अधिकांश समय धार्मिक काममा बित्नेछ। व्यापारीहरुको लागि समय मध्यम रहनेछ। विद्यार्थी वर्गको लागि पनि समय मध्यम रहनेछ। प्रेम सम्बन्धमा समय प्रतिकूल रहला। युवाहरूले आफ्नो अधिकांश समय रमाईलोमा बिताउँछन्।

कन्या राशि 

सफलता प्राप्त गर्नको लागि भाग्यमा भर पर्न छाडेर परिश्रम गर्न सुरु गर्नुहोला। कार्यक्षेत्रमा गुप्तशत्रुसँग सावधान रहन आवश्यक छ। खानपानमा ध्यान दिन जरूरी छ। अन्यथा पेट सम्बन्धि समस्याले सताउन सक्छ। सन्तान सम्बन्धि विषयमा चिन्ता बढ्न सक्छ। यो समयमा व्यापारीहरुले आर्थिक मामिलामा सावधान रहन जरूरी छ। जीवनसाथीको भावनालाई बेवास्ता नगर्नुहोस्।

तुला राशि 

तुला राशिका मानिसले हप्ताको सुरुवातमा छोटो दूरीको यात्रा गर्नुपर्ने हुनसक्छ। यात्रा रमाईलो र लाभदायक साबित हुनेछ। परीक्षा प्रतियोगिताको लागि तयारी गर्ने विद्यार्थीहरूले राम्रो समाचार प्राप्त गर्न सक्छन्। घरमा मांगलिक कार्य सम्पन्न हुनसक्छ। धार्मिक कार्यमा अत्यन्त धेरै संलग्नता रहनेछ। रोजगारको खोजीमा रहेकाले सफलता प्राप्त गर्नेछन्।

वृश्चिक राशि

वृश्चिक राशिका मानिसहरूले यस हप्ता आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन, अन्यथा ठूलो नोक्सान हुनसक्छ। हप्ताको सुरूवातमा कार्यस्थलमा तपाईंको जिम्मेवारी राम्रोसँग पूरा गर्नुहोस्, अन्यथा वरिष्ठ अधिकारीबाट अपमानित हुन सकिन्छ। आर्थिक पक्ष मजबूत रहनेछ। स्वस्थ्यमा प्रतिकूल असर पर्न सक्छ, सजग रहनुहोला। विवाहित जीवनमा मधुरता रहनेछ।

धनु राशि 

हप्ताको सुरुवातमा पुरानो साथी तथा आफन्तसँग रमणीय भेटघाट हुनसक्छ। यो समयमा नयाँ प्रयोजनमा काम गर्ने मौका मिल्नेछ। व्यापार-व्यवसायको हिसाबले यो हप्ता अत्यन्त शुभ रहनेछ। प्रेम सम्बन्धमा भने समय अनुकूल नरहला। स्वस्थ्यको विषयमा ध्यान राख्न अत्यन्त जरूरी छ।

मकर राशि 

महिला साथीको सहयोगमा लामो समयदेखि अवरुद्ध काम सम्पन्न हुनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनाले परिवारमा सुखद वातावरण रहनेछ। बेरोजगार व्यक्तिहरूले नयाँ रोजगारीका अवसर पाउनेछन्। व्यापारमा नयाँ व्यक्तिहरूसँगको भेट लाभदायक हुनेछ। शिक्षक, लेखक, पत्रकार र बौद्धिकहरूका लागि यो समय अत्यन्त शुभ रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ।

कुम्भ राशि 

हप्ताको सुरुवातमा केहि समस्याले सताउन सक्छ। यो समयमा भावना तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। कुनै पनि निर्णय लिन हतार नगर्नुहोस्। यस समयमा व्यापारीहरूले व्यापारमा बढी पैसा लगानी गर्ने जोखिम लिनबाट जोगिनु पर्छ। यो समय महिला पेशेवरहरूको लागि अत्यन्त शुभ रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता बढ्नेछ।

मीन राशि 

हप्ताको सुरूमा साथी तथा आफन्तहरूको सहयोगमा कार्य सफलता तथा धन लाभ मिल्नेछ। व्यापारीहरुको लागि समय अत्यन्त शुभ रहनेछ। आफूभन्दा ठुला मानिसको सल्लाहका साथ तपाईंको काम सम्पन्न हुने सम्भावना छ। राजनीति क्षेत्रमा समय अनुकूल रहनेछ। हप्ताको अन्तमा विद्यार्थीहरूको मन पढाईबाट हट्न सक्छ।

प्रकाशित : सोमबार, माघ १९, २०७७१८:२६

आज माघ २० गते मंगलबार, कस्तो रहला तपाईको दिन ,हेर्नुहोस् आजको राशिफल !