झाक्रिलाई ‘ममीको सेतो सारीमा प्रश्न उठाउने तपाई को हो’ भन्दै उषाकिरणले लेखिन भावुक स्टाटस!

काठमाडौँ,  नेकपा प्रचण्ड-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत  गर्दै, ‘उनलाई सेतो सारीमा चुनाव लडाउनु गल्ती थियो’ भनेकी थिइन् । उनको यस्तो अभिव्यक्तिप प्रति  विद्यादेवी भण्डारीकी जेठी छोरी उषा किरणले  आपत्ति जनाएकी छिन्। उनले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै भनेकी छिन्, ‘तपाई उहाँको सारीमा प्रश्न उठाउने को हो!?’

उषाकिरणको स्टाटस जस्ताको तस्तै:

“मेरो ममले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै। लिडरशिपमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा इन्दिरा गाँधी देखी अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो। आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घ-टनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो।

मेरो ममको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो।  यो शुरू गर्ने पत्रकार अहिले रिटायर्ड वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नया र एनईओ अवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, ममले फोनमा भन्नुहुँदैथियो- “म किन अभियानमा नानिस्किनु? किन घरमा लुक्नु!? उनीहरुले यही चाहेर यो सब गर्दैछन- म भाग्दिन।” मलाई त्यो दिन देखी नै हिम्मत प्राप्त भयो। ममले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ।

१ महिना अघि मैले यहीं फेसबुकबाट भनेको थिएँ- अदृश्यमा साइबर बुलिबाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो क्रा-इमले झन ठुलो रूप लिन्छ- एक महीना नबित्तदै त्यही भयो।
यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु

१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ।

२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो। अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ- सोधनुहोस गएर!

३) तपाईं कम्युनिस्ट स्कुलिङ्गको हो भने- सांस्कृतिक आ-न्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने। मेरो ममी एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो। तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ। हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए। उहाँले ड्याडीलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो।  उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो? हामी ९/१० वर्षकोले बुझयौ उहाँ शोकसंग सामना गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो।  तपाईं महिला, ठुलो मान्छे भएर यती बुझनु भएन?

तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनु  भयो। राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा  उहाँको बुढी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रा-न्ति नगरेको भनेर प्रश्न गर्ने को हो? शोकसंग सामना गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ, जुन बाटो स्वयम त्यो व्यक्तिले पनि स्वेच्छाले रोजेको होईन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदी तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी क्यारियर महत्वाकांक्षा हो भने- ठाउ साटौ, तपाईं उहाँको सिन्दूर, पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ, लिएर जानुस।
झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकोले यो छोरीको प्रश्न सुनाइदिनु।” 

प्रकाशित : सोमबार, माघ १९, २०७७१३:१७

झाँक्रीलाई उषाकिरणको प्रश्नै-प्रश्न – ‘मेरी आमाको रातो सारी र हाम्रो बाल्यकाल फिर्ता ल्याइदिन सक्नुहुन्छ ?