ग्रहहरुको महाराज मानिने बुध ग्रह ३० जनावरी राति ९ बजेर ३१ मिनेटबाट कुम्भ राशि वक्री भइसकेको छ। मिथुन र कन्या राशिको स्वामी ग्रह बुध कन्या राशिमा उच्च र मीन राशिमा नीच मानिन्छ। बुध ग्रहको वक्रीले सबै १२ वटै राशिमा प्रभाव पार्नेछ।
मेष राशि
राशिको लाभभावमा वक्री हुने बुधले केहि कठिनाइ निम्त्याउन सक्छ। यो समयमा यदि तपाईंले कसैलाई ऋण दिनुभयो भने उक्त पैसा फिर्ता आउन निकै गार्हो हुन्छ। परिवारका वरिष्ठ सदस्यहरू तथा भाइहरूसँग मतभेद हुनसक्छ। विद्यार्थीहरूले शिक्षा प्रतियोगितामा सफलता प्राप्त गर्नेछन्। नव दम्पतिको लागी सन्तान प्राप्तिजो योग रहेको छ।
वृष राशि
राशिको कर्मभावमा हुने बुधको वक्रीले व्व्यापार क्षेत्रमा समस्या उत्पन्न गर्न सक्छ। परिश्रम अनुसार सफलता नमिल्न सक्छ। उच्च अधिकारीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्। घर तथा सवारी किन्ने संकल्प पूरा हुनसक्छ। अभिभावकको स्वास्थ्यको ख्याल राख्नुहोस्। साथीहरु तथा आफन्तबाट अशुभ समाचार प्राप्त हुनसक्छ।
मिथुन राशि
विदेशी कम्पनीहरूमा सेवाको लागि आवेदन सफल हुनेछ। तपाईंको साहस तथा पराक्रम बढ्नेछ। तपाईंको निर्णय तथा तपाईंले गरेका कार्यहरुको सराहना गरिनेछ। कार्य सफलताको पाउनको लागि केहि समय पर्खनु पर्ने हुन्छ। यो समय विद्यार्थीले कडा परिश्रम गर्नु पर्ने हुन्छ।
कर्कट राशि
राशिको अष्टम भावमा प्रवेश हुने बुधले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। हड्डीसँग सम्बन्धित चोटपटकबाट होशियार हुनुपर्छ। कार्यस्थलमा झगडा विवादबाट टाढा रहनु उत्तम हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। ऋण दिएको पैसा फिर्ता आउने सम्भावना उच्च छ। तपाईं कुनै पनि महँगो सामान किन्न सक्नुहुन्छ।
सिंह राशि
राशिको सप्तम भावमा वक्री हुने बुधले मिश्रित फल दिनेछ। आर्थिक समस्याले सताउन सक्छ। कार्य व्यवसायमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। दैनिक व्यापारीहरुको लागि समय शुभ रहनेछ। विवाह सम्बन्धि वार्तामा हल्का ढिलाइ हुनसक्छ। ससुराली पक्षसँग मतभेद उत्पन्न हुनसक्छ।
कन्या राशि
राशिको शत्रु भावमा हुने बुधको वक्रीले गुप्त शत्रुमा वृद्धि हुनेछ। आफ्ना योजना र रणनीतिहरु गोप्य राख्नुहोस्। कसैलाई अधिक पैसा ऋण नदिनुहोस्, अन्यथा घाटा हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउनसक्छ। वैदेशिक कम्पनीहरूमा रोजगार र नागरिकताका लागि आवेदनहरू सफल हुनेछन्।
तुला राशि
राशिको पन्चम भावमा प्रवेश गर्ने बुधले विद्यार्थी वर्गलाई केहि समस्यामा पार्न सक्छ। सफलताको लागि अधिक परिश्रम गर्नुपर्नेछ। सन्तान सम्बन्धि समस्याले सताउन सक्छ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। परिवारका सदस्यसँग मदभेद उत्पन्न हुनसक्छ। आयका साधन बढ्नेछ। आर्थिक पक्ष मजबूत हुनेछ।
वृश्चिक राशि
राशिको चतुर्थ भावमा वक्री हुने बुधले सामान्य फल दिनेछ। पारिवारिक कलह र मानसिक अशान्ति सामना गर्न सकिन्छ। आमा बुबाको स्वास्थ्यको पनि ख्याल राख्नुहोस्। घर जग्गा सम्बन्धि समस्याको समाधान हुनेछ। ध्यानपूर्वक यात्रा गर्नुहोस् र चोरी हुनबाट बच्नुहोस्। आफ्नो उर्जा शक्तिको पूरा उपयोग गर्दै कार्य गर्नुहोला।
धनु राशि
राशिको पराक्रम भावमा हुने बुधको वक्रीले मिश्रित फल प्रदान गर्नेछ। यद्यपि आफ्नो साहस र बहादुरीको बलमा तपाईं कठिन परिस्थिति माथि पनि विजय प्राप्त गर्न सक्नुहुनेछ। भाइहरूमा मतभेद उत्पन्न हुन नदिनुहोस्। धर्म-कर्ममा रुचि बढ्नेछ र सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। विदेशी कम्पनीहरूमा सेवाका लागि आवेदन दिन वा विदेशी नागरिकताका लागि आवेदन दिन समय अनुकूल रहनेछ।
मकर राशि
तपाईंले बोलीमा संयम राख्न जरूरी देखिन्छ, अन्यथा बनेको काम पनि बिग्रन सक्छ। घर जग्गा सम्बन्धि समस्याको समाधान हुनेछ। घर-जग्गा किन्ने संकल्प पनि पूरा हुनसक्छ। परिवारका सदस्य बीच मदभेद उत्पन्न हुन नदिनुहोस्। गुप्त शत्रुहरुसँग सावधान रहनुहोला।
कुम्भ राशि
बुधको वक्रीले यस राशिका मानिसमा मानसिक रूपले असर पार्न सक्छ। परिवारका सदस्य बीच वाद-विवादको स्थिति उत्पन्न हुनसक्छ। विद्यार्थी वर्गको लागि बुधको वक्रीले अनुकूल परिणाम दिनेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। प्रेम विवाह गर्न चाहनेहरुको लागि समय अनुकूल रहेको छ। नव दम्पतीको लागि सन्तान प्राप्तिको योग रहेको छ।
मीन राशि
अधिक भागदौड गर्नुपर्ने हुन्छ। साथै अधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहला। विवाह सम्बन्धि वार्तालापमा हल्का ढिलाइ हुनसक्छ। यात्राको सम्भावना रहेको छ। यात्रा सुखद तथा लाभदायक हुनेछ। विदेशी नागरिकताको लागि गरिएको आवेदन पनि सफल हुनेछ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला।