भोलि माघ २० गते मंगलबार, कस्तो रहला तपाईको दिन ,हेर्नुहोस् भोलिको राशिफल

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

लामो अवधिको आर्थिक योजनाको लागे अनुकूल दिन रहेको छ । आर्थिक र व्यावसायिक दृष्टिले दिन लाभदायक रहेको छ। शारीरिक र मानसिक स्फूर्ति र ताजगीको अनुभव गर्नुहुनेछ । मित्र तथा आफन्तको तर्फबाट उपहार मिल्नेछ । समय आनन्दमा बिताउनुहुनेछ । कुनै समारोह वा पर्यटनमा जानुहुनेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बोलीको जादुले कसैलाई छक्क पार्नेछ । बोलीको कोमलताले नयाँ सम्बन्ध स्थापित गर्न मद्दत गर्दछ। शुभकार्य गर्न प्रेरणा मिल्नेछ । पठन- लेखन जस्ता साहित्यिक प्रवृत्तिमा अभिरुची बढ्नेछ । विद्यार्थीले पढ़ाईमा राम्रो प्रदर्शन गर्नेछ । प्रिय व्यक्तिसँग भेट हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

द्विधामा अल्झेको तपाईको मन महत्त्वपूर्ण निर्णय लिन सक्नेछैन । वैचारिक आधिबेरीबाट मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ । अत्यधिक भावनाशीलताले तपाईको दृढ़तालाई कमजोर पर्नेछ । पानी तथा अन्य तरल पधार्थबाट सावधान रहनुहोला । परिवार वा जमीनसँग सम्बन्धित मामलामा चर्चा र बसाई नासर्नुहोला । शारीरिक र मानसिक स्वस्थताको अभाव रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक र मानसिक ताजगीको साथसाथै घरमा आनन्दमय वातावरण रहनेछ । मित्र एवंम् आफन्तसँग भेट हुनेछ । सथीबत विशेष लाभ मिल्नेछ । शुभ कार्यको प्रारम्भ गर्नको लागि दिन अनुकुल रहेको छ । कार्य सफलता र प्रिय व्यक्तिको साथ हुनाले तपाई आनन्दित रहनुहुनेछ । आर्थिक लाभ र भाग्य वृद्धिको सम्भावना रहेको छ । मान- सम्मान वृद्धि हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पारिवारिक सदस्यसँग सुख- शान्तिले दिन बिताउनुहुनेछ। स्त्री मित्रबाट विशेष लाभ मिल्नेछ । मित्र र आफन्तसँग सम्पर्क वा संदेशव्यवहार लाभदायक साबित हुनेछ । आफ्नो प्रभावशाली बोलीले अन्य व्यक्तिको ध्यान केन्द्रित गर्नुहुनेछ । आयको अपेक्षा खर्च अधिक हुनेछ । उत्तम भोजन प्राप्त हुनेछ । निर्धारित कार्यमा कम सफलता मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

लाभदायक दिनले तपाईको वैचारिक समृद्धि बढ्नेछ । उत्तम भोजन, भेट उपहार र वस्त्र प्राप्त हुनेछ । शारीरिक तथा मानसिक स्वस्थता स्वस्थ रहनेछ।आनन्द प्राप्ति साथसाथै जीवनसाथीको निकटता र पर्यटनले दिन खुशीमय रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

थोरै असह्य र अनैतिक व्यवहारले  समस्यामा पार्न सक्छ। दुर्घटनाबाट बच्नुहोला । आफन्तसँग मतभेद हुनेछ । मनोरंजन वा घुम्ने -फिर्नेमा पैसा खर्च हुनेछ। शारीरिक, मानसिक व्यग्रता कम गर्नको लागि आध्यात्मिकता सहायक साबित हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

जागिर वा व्यवसायमा लाभ हुनेछ। साथीसँग भेट ,बसाई सराईको आयोजन गर्नुहुनेछ , विवाहोत्सुक युवक-युवतिको विवाहको लागि सुनौलो अवसर रहेको छ । पुत्र तथा पत्नीबाट लाभ मिल्नेछ । आफन्त एवम मित्रको तर्फबाट उपहार प्राप्त हुनेछ । उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ । सांसारिक जीवनमा आनन्दको अनुभव गर्नुहुनेछ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन शुभ फल प्रदान गर्ने खालको रहेको छ । गृहस्थजीवनमा आनन्द छाईरहेनछ । प्रत्येक कार्यमा सफलता प्राप्त हुनेछ । उच्च अधिकारी तपाईप्रति प्रसन्न रहनेछन् । पिता र ठुलोबाट लाभ लिनुहुनेछ । कार्यभार वृद्धि हुनेछ। आर्थिक योजना राम्रोसँग गर्नुहुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अनुकूलता र प्रतिकूलताले मिश्रित दिन रहेको छ । बौद्धिक कार्य र व्यावसायिक क्षेत्रमा नयाँ विचारले प्रभावित रहनुहुनेछ । सिर्जनातात्मक क्षेत्रमा सिर्जनशक्तिको परिचय दिनुहुनेछ । मानसिकरूपले स्वास्थ्य राम्रो रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अनैतिक कार्यबाट अलग बस्नुहोला । बोलीमा ध्यान राख्नुहोला । पारिवारिक घर्षणलाई टाल्नुहोला । प्रत्येक व्यक्ति, वस्तु वा घटनालाई सकारात्मक दृष्टिकोणमा देखाउनुहुनेछ । खर्च अधिक हुनुको कारण धनको संकट रहनेछ । क्रोधमा ध्यान राख्नुहोला । शारिरिक र मानसिकरूपले अस्वस्थता अनुभव हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

दैनिक कार्यबाट छुटेर बाहिर घुम्न जानुहुनेछ र मनोरंजन प्रवृत्तिको लागि समय निकाल्नुहुनेछ । परिवारजन र मित्रले यस प्रवृत्तिलाई समावेश गर्नेछन् । शारीरिक र मानसिकरूपले दिनभर प्रफुल्लित रहनुहुनेछ ।

प्रकाशित : सोमबार, माघ १९, २०७७१८:४४

भोलि माघ २१ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !