यी खेलाडीको नजरमा रोनाल्डो सर्कसमा हुनु पर्ने खेलाडी, यसो भने !

पूर्व म्यानचेस्टर युनाइटेड डिफेन्डरले क्रिस्टियानो रोनाल्डोले आफूलाई आफ्नो टिममेटले देखावटी गर्ने खेलाडी भनेपछि उनले मानसिकता परिवर्तन गरेको दाबी गरेका छन्। त्यहि कारणले नै आज रोनाल्डो विश्वकै सवाश्रेष्ठ खेलाडी मध्य एक रहेको उनको भनाइ छ।

रियो फर्डिनान्ड, क्रिस्टियानो रोनाल्डो विश्व फुटबलको शिखरमा पुग्नको लागि रुड भान निस्टेलरोयको पनि कुनै न कुनै हात रहेको विश्वास गर्छन्। उनका अनुसार रुड भान निस्टेलरोयले रोनाल्डोलाई “उनी सर्कसमा हुनु पर्ने खेलाडी” र “देखावटी गर्ने खेलाडी” भनेका थिए। यो कुराले रोनाल्डोको बेस्ट बन्ने भोक अझै बढाएको फर्डिनान्ड बताउँछन्।

स्पोर्टिंग सिपीबाट म्यानचेस्टर आएका रोनाल्डो त्यो समयमा एक उत्कृष्ट तथा विचित्र विंगर थिए। त्यतिबेला उनको ध्यान बढी स्किल देखाउनमा रहन्थ्यो। फर्डिनान्डले एक विश्वस्तरीय खेलाडी विकसित हुँदै गरेको देखेका थिए। पूर्व म्यानचेस्टर युनाइटेड डिफेन्डरले स्वीकार गरे कि ओल्ड ट्राफर्डमा भएको एक चर्चाका कारण रोनाल्डोले उत्कृष्ट बन्न के कुरामा ध्यान दिन अत्यावश्यक हुन्छ भन्ने थाहा पाए।

“यो तुरुन्त भएन तर रोनाल्डो अविश्वसनीय कौशलता भएका खेलाडी थिए र भीडलाई मनोरन्जन गराउन मन पराउँथे। उनलाई स्किल देखाउन मन पर्थ्यो,” फर्डिनान्डले बीटी स्पोर्टलाई भने, “मलाई राम्रोसँग याद छ कि एक पटक रोनाल्डोको खुट्टामा बल थियो र उनी आफ्नो स्किल देखाइ रहेका थिए। रुड बक्स तर्फ दौडदै थिए तर रोनाल्डोले रुडलाई बल पास गरेनन्। त्यसपछि रुड पागल हुँदै रोनाल्डोलाई खेल मैदानमा हैन सर्कसमा हुन पर्ने भन्दै कराउन थाले।”

यो कुराबाट रोनाल्डो निकै निराश भए। अन्य खेलाडी भएको भए उनीहरुको आत्मविश्वास ढल्यो होला। तर रोनाल्डोले उक्त घटनालाई सकारात्मक रूपमा लिए र आफ्नो खेलमा सुधार गर्दै गए। अहिलेको समयमा त्यहि रोनाल्डो फुटबल इतिहास कै सर्वोत्कृष्ट खेलाडी मध्यमा पर्छन्।

प्रकाशित : सोमबार, माघ १९, २०७७१७:१९

एकै खेलमा सावित्राको दर्जन गोल !