एल मुन्डोद्वारा लिक गरिएको लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अहिले पूरा इन्टरनेटमा छाएको छ। अर्जेन्टिनी कप्तान सायद फुटबल इतिहासको सबैभन्दा उत्कृष्ट खेलाडी हुन् तर उसले २०१७ मा उनले बार्सिलोनासँग गरेको सम्झौता वास्तवमै अचम्म लाग्दो छ।
उक्त सम्झौताका अनुसार मेस्सीले ४ वर्षमा १३८ मिलियन युरो प्रति सिजनका साथै भेरीएबल गर्दा ५५५,२३७,६१९ युरो कमाएका छन्। उनलाई एउटा ‘नविकरण शुल्क’ को रूपमा अनुबन्धमा हस्ताक्षर गर्न मात्र ११५,२२५,००० युरो दिइएको थियो, जबकि ७७,९२९,९५५ युरो वफादारी बोनस पनि दिइएको थियो।
कसैलाई पनि त्यति ठूलो रकम भुक्तान गर्ने औचित्य साबित गर्न गाह्रो छ। तर, यदि कोहि यति धेरै पैसाको हकदार छ भने त्यो मेस्सी हो। गयराती मात्र मेस्सीले बार्सिलोनाका लागी ६५० औं गोल गरे। उनले गरेको उत्कृष्ट फ्री-किक गोलको मद्दतमा बार्सिलोनाले एथलेटिको बिल्बवोलाई २-१ ले पराजित गर्यो।
तर केवल उनको अविश्वसनीय क्षमता मात्र होईन जसले मेस्सीलाई बार्सिलोनाको लागि अमूल्य बनाउँछ। मेस्सीको नामबाट बार्सिलोनाले क्लबले मेस्सीलाई तिरेको रकमभन्दा पनि धेरै पैसा कमाउँछ। यो सबै सुरु भयो जब मेस्सीले बार्सिलोनामा कमाउने मूल्य नै बार्सिलोना ऋणमा डुब्नुको प्रमुख कारण हो भन्दै आरोप लाग्न थाले।
बार्सिलोनाले मेस्सीबाट मात्र गर्ने आम्दानी यस्तो छ:
निष्कर्ष यो हो कि मेस्सीले क्लबको लागि प्रत्येक वर्ष १४५ मिलियन युरो उत्पन्न गर्छन्, जुन उनको १३८ मिलियन युरो आधारभूत ज्याला भन्दा बढी हो।