रोजगार, फ्रिलान्स देखि टेन्डर सम्म सबै एकै एपमा !

काठमाडौँ – नेपालकै पहिलो व्यवसायिक सामाजिक संजालको रुपमा अगाडी आएको रोलिङ नेक्सस डट कम (https://rollingnexus.com/) ले आफ्नो एप सार्वजनिक गरेको छ। गत भदौ २५ गते वेबसाइट सार्वजनिक गरेको रोलिङ नेक्ससले गत हप्ता आफ्नो एप सार्वजनिक गरेको हो।

रोलिङ नेक्ससका अनुसार एप एप्पल स्टोर र प्ले स्टोर दुवैमा उपलब्ध छन्। रोजगार क्षेत्रलाई डिजिटल बनाउनका लागि प्रविधिको उच्चतम प्रयोग गरी रोलिङ नेक्ससको एप तयार पारिएको र त्यसले रोजगारदाताहरुलाई समेत टेवा पुर्याउने रोलिङ्ग प्लान लिमिटेडले जनाएको छ।

क्षता अभिवृद्धि,रोजगारी सिर्जना तथा प्रबर्धन ,पियर टु पियर सियर्ड (peer to peer shared), एकोनोमिको अवधारणामा रहेर अवसर र सम्भावनाहरुको खोजीतथा गिग एकोनोमिको (gig economy) अवधारणामा रहेर उद्यमशीलता प्रवर्धन र व्यवसायिकतामा वृद्धि गर्ने आफूहरुको योजना रहेको रोलिङ्ग प्लान लिमिटेडका प्रवन्ध निर्देशक अनुप जंगमले बताए।

सहजताका लागि आफूहरुले रोलिङ नेक्ससका सेवालाई विभिन्न ६ समूहमा विभाजित गरेको पनि उनले बताए। रोलिङ जब, रोलिङ टेन्डर, रोलिङ फ्रिलान्स, रोलिङ क्याट, रोलिङ इभेन्ट र रोलिङ छलफल गरी ६ समूहमा सेवालाई विभाजित गरिएको उनको भनाई छ।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७०९:५६

सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु