म्यानचेस्टर युनाइटेडमा रोनाल्डो भन्दा ब्रुनो फर्नान्डेज उत्कृष्ट ?

पोर्चुगलका टिममेट क्रिस्टियानो रोनाल्डोको पदचिन्ह पछ्याउँदै गरेका ब्रुनो फर्नान्डेज म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएसँगै क्लबका लागि प्रमुख खेलाडी भएका छन्।

स्पोर्टिंग लिस्बनबाट युनाइटेडमा सामेल भएपछि रोनाल्डो २००९ मा ८० मिलियन डलरमा रियल म्याड्रिडका लागि अनुबन्ध हुनु अघि विश्वकै सर्वश्रेष्ठ खेलाडीहरू मध्यको रूपमा विकसित भएका थिए। एकातिर रोनाल्डो कच्चा प्रतिभाको रूपमा युनाइटेडमा आएका थिए भने फर्नान्डेज जनावरी २०२० मा युनाइटेडका लागि हस्ताक्षर गरेपछि क्लबको भाग्य परिवर्तन गर्न मद्दत गरिरहेका छन्।

यस्तोमा हामीले म्यानचेस्टर क्लबका लागि रोनाल्डोले खेलका अन्तिम ५० र फर्नान्डेजको पहिलो ५० खेलको तुलना गरेका छौं।

ब्रुनोले आफ्नो पहिलो ५० खेलमा रोनाल्डोले आफ्नो अन्तिम ५० खेलमा भन्दा बढी गोल गरेका छन्। तर नन-पेनाल्टी गोलको कुरा गर्ने हो भने रोनाल्डो, ब्रुनो भन्दा अगाडी छन्। त्यस्तै, आफ्नो सृजनात्मकताको लागि प्रख्यात छ फर्नान्डेजले आफ्नो युनाइटेड टिममेटका लागि १७ असिस्ट गरिसकेका छन, जुन रोनाल्डोले अन्तिम ५० खेलमा गरेको असिस्ट भन्दा ५ असिस्ट बढी हो।

ब्रुनो फर्नान्डेज (पहिलो ५० खेल)

गोल: २७

असिस्ट: १७

पेनाल्टी गोल: १५

गोल प्रति मिनेट: १४९.३

नन-पेनाल्टी गोल प्रति मिनेट: ३३६

गोल वा असिस्ट प्रति मिनेट: ९१.६

रोनाल्डो (अन्तिम ५० खेल) 

गोल: २५

असिस्ट: १२

पेनाल्टी गोल: ५

गोल प्रति मिनेट: १६७.८

नन-पेनाल्टी गोल प्रति मिनेट: २०९.७

गोल वा असिस्ट प्रति मिनेट: ११३.३

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७१४:३८

अर्को सिजन मेस्सी बार्सिलोनामै हुन्छन् भन्न सकिँदैन: कोमन