काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । ओलीले बुधबारको लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।
धेरै समय देखि रिक्त रहेका संवैधानिक निकायका विभिन्न पदहरुमा नियुक्ति गर्नका लागि ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाएको बताइएको छ।
नेकपा भित्रको अन्तरिक किचलोको कारण संवैधानिक निकायमा नियुक्ति हुने सकेको थिएन। तर अहिले निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको अवस्थामा नियुक्ति गर्न नमिल्ने भन्दै नयाँ विवाद शुरु भएको छ।
परिषदले नियुक्तिका लागि गरेका सिफारिस प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका थिए। सभामुखको उक्त कदमलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालाई असंवैधानिक बताएका थिए।
नेकपाभित्रको विवादका कारण सापकोटा परिषद्कै बैठकमा उपस्थित हुने गरेका छैनन्। परिषद्ले ४५ जनालाई संवैधानिक आयोगमा नियुक्त गरेपछि गत पुष ५ गते संसद सचिवालयमा सुनुवाईका लागि पठाएको थियो ।
कानुनी व्यवस्थाअनुसार ४५ दिनभित्र सुनुवाई हुन नसके स्वतह नियुक्त हुने प्रावधान रहेको हुँदा सभामुखले सो नियुक्ति रोक्न फिर्ता पठाएका थिए। सभामुखको उक्त कदमपश्चात कानुनी रुपमा अन्यौलता उत्पन्न भएको छ।