पूर्व बार्सिलोना तथा ब्राजिलियन खेलाडी रिभाल्डोले २०१८ मा रियल म्याड्रिडले रोनाल्डोलाई जे गरेको थियो, बार्सिलोनाले त्यो नगरेर ठूलो गल्ती गरेको बताएका छन्। बार्सिलोनाको अहिलेको ग-म्भीर आर्थिक अवस्थाको बारेमा बोल्दै उनले बार्सिलोनाले मेस्सीलाई नबेचेर गल्ती गरेको बताए।

रिभाल्डोको नजरमा लियोनल मेस्सीलाई नाबेच्नु खेलको दृष्टिकोणबाट जति नै क्षति भएपनि आर्थिक दृष्टिकोणबाट ग-म्भीर त्रुटि थियो। रिभाल्डोका अनुसार बार्सिलोन बोर्डले त्यहि गर्नु पर्थ्यो जुन रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोको क्लबसँगको सम्झौता सकिनै लाग्दा गरेको थियो। “अघिल्लो बोर्डले मेस्सीलाई क्लबसँग सम्झौतामा रहँदै नबेचेर गल्ती गरेको हो,” उनले भने।

“रियल म्याड्रिडले यस्तै अवस्थामा हुँदा क्रिस्टियानो रोनाल्डोलाई १०० मिलियन युरोमा बेचेको थियो, जुन बार्सिलोनाले नगरेर गल्ती गर्यो,” रिभाल्डो भन्छन्। उनका अनुसार अब बन्ने क्लब अध्यक्षको लागि मेस्सीलाई बार्सिलोना मै बस्नको लागि राजि गर्नको लागि अत्यन्त गार्हो हुनेछ।

“मेस्सीले बार्सिलोना छाड्ने पक्का जस्तै देखिन्छ,” उनले भने, “क्लबलाई आर्थिक समस्याले घेरी रहँदा मेस्सी जस्ता प्रतिभावान खेलाडी फ्री मा क्लबबाट बाहिरीएको देख्दा निकै पिडा हुन्छ।”

